अन्यगुड न्यूज 24समाचार

सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही

Kathmandu Metro Police

Gobal IME Bank

काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।

‘सडक व्यापारीलाई अमानवीय व्यवहार गरेको देखिएपछि यस अघि पनि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिएको थियो । माहनगर प्रहरी बलको व्रिफिङ्मा अभद्र व्यवहार नगर्न निर्देशन दिइएको । यसका साथै जनस्तरका आएका गुनासोहरुको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारवाही गर्ने गरेको जानकारी पाण्डेले दिएका छन् ।

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button