मुख्य समाचारसमाचार

नयाँ आर्थिक वर्षको पहिलो १० दिनमा सरकारको खर्चभन्दा आम्दानी २ अर्ब बढी

Ministry of Finance

Gobal IME Bank

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८० ०८१ को पहिलो १० दिनमा सरकारको खर्चभन्दा आम्दानी केही बढी देखिएको छ ।

साउन १० गते सम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा खर्च भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ भइसकेको छ । यो अवधिमा राजस्वबाट सरकारले १० अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । अन्य आम्दानी ३ अर्ब ५८ करोड रुपैयाँ भएको देखिएको छ ।

खर्चतर्फ १० दिनमा चालु प्रकृतिको खर्च ५३ करोड ६४ लाख रुपैयाँ भएको छ । पूँजीगत खर्च हाल सुरु भइसकेको छैन ।

वित्तीय व्यवस्थामा भने सुरुवातमा नै १२ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल लक्ष्यको ३.६६ प्रतिशत खर्च हो ।

चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

अर्थ मन्त्रालयले यस वर्ष बजेट कार्यान्वयन बनाउन भन्दै मन्त्रालयहरुलाई तोकिएको समय अवधिभित्र बजेट खर्च गर्न निर्देशन दिएको छ ।

अर्थ मान्त्रालयले कार्तिक मसान्तभित्र ठेक्का प्रकृया सम्पन्न गरी त्यसको १५ दिन भित्र काम सुरु गर्न निर्देशन दिएको छ ।

अर्थ मन्त्री डा प्रकाशशरण महतले काम सम्पन्न भएर भुक्तानीका लागि आएका बिल अर्थबाट बढीमा १५ दिन भित्र पास गरी पठाइने प्रतिवद्धता व्यक्त गरेका छन् । यस पटक असारे खर्च हुन नदिने उनको प्रतिबद्धता छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button