अन्यसमाचार

रिजालको पार्थिव शरीर पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने

Gobal IME Bank

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पार्थिव शरीरलाई १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने नेपाली कांग्रेसका कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । त्यसपछि आज दिउँसो २ः३० बजे रिजालको दाहसंस्कार गर्ने पौडेलले जानकारी दिए ।

रिजालको आज बिहान ७ः३० बजे काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०२७ साल कात्तिकमा जन्मिएका रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले बताएको छ ।

वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा पनि बसेका थिए । उनी काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए ।

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा सुरु गरेका रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए ।

पार्टी सभापति देउवाबाट दुःख व्यक्त

उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको कार्यालय सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रिजालको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै, दिवंगत आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button