अन्यसमाचार

संसारकै अनौठो गाउँ, जहाँ मान्छे भन्दा पुत्ला बढी

Gobal IME Bank

एजेन्सी । संसारमा एउटा यस्तो गाउँ छ, जहाँ मानिस होइन पुत्लाहरू बसोबास गर्छन् । ‘नागोरो’ गाउँमा जाँदा सुरुमा त डर लाग्छ । यो अनौठो गाउँ जापानको शिकोकु टापुमा अवस्थित छ । यो गाउँमा जताततै पुत्ला देख्न पाइन्छ ।

यो गाउँलाई पुत्लाको गाउँ पनि भनिन्छ । यहाँ पुत्लालाई स्थानीय भाषामा स्केरेक्रो भनिन्छ । यहाँ आउने पर्यटकहरु राति धेरै पटक पुत्ला देखेर डराउँछन् । सबैभन्दा अचम्मको कुरा यो गाउँमा ३० जना मात्रै बस्छन् । तर, त्यहाँ ३०० पुत्ला छन् ।

यस गाउँका पसलहरूमा, बस स्टपहरूमा र अन्य ठाउँहरूमा ग्राहकहरूले मान्छे देख्न या नदेखिन पनि सक्छन्, तर तपाईंले पुत्लाहरू अवश्य देख्नुहुनेछ । यो गाउँ पुत्लाको गाउँ बन्ने कथा निकै पुरानो र रोचक छ ।

पुत्लाको गाउँ बन्ने कथा १० वर्षअघि मात्र सुरु भएको थियो । त्यसबेला एउटी महिलाले विद्यालयमा राख्नको लागि पुत्ला बनाएकी थिइन् । कुनै समय यो गाउँमा ठूलो संख्यामा मानिसहरु बसोबास गर्दथे तर कामको खोजीमा मानिसहरु बिस्तारै जान थालेको बताइएको छ ।
यसरी यो गाउँ केही बेरमै खाली भयो र थोरै मानिस मात्र बाँकी रह्यो । यस गाउँका मानिसहरूले एक्लोपन हटाउन यो तरिका फेला पारे । जसका कारण पुरै गाउँमा पुत्ला लगाइयो ।

यी पुत्लाहरू हारु गाउँकी एक वृद्धाले बनाएकी हुन् । महिलाको उमेर ७० वर्ष नाघेको छ । गाउँको उजाड हटाउन यो काम गरेको वृद्धा बताउँछिन् । भनिन्छ, जब कोही एक्लोपन महसुस गर्छ, तब मानिस पुत्लासँग कुरा गर्न थाल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button