अन्यसमाचार

नमस्ते ब्याण्डको विश्व सङ्गीत महोत्सव बाराहीघाटमा -GoodNews24

Gobal IME Bank

कास्की । नमस्ते ब्याण्डले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर महाशिवरात्रिका दिन पोखरामा १५औँ संस्करणको विश्व सङ्गीत महोत्सव गर्ने भएको छ ।
गीत–सङ्गीतको विकासका लक्ष्यसहित फागुन ९ गते यहाँ पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीघाटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्ड तथा नेपालका चर्चित कलाकारको प्रस्तुतिसहित सङ्गीत महोत्सव गर्न लागिएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोज ईश्वर गुरुङले जानकारी दिनुभयो ।
सो ब्याण्डको स्थापना ३० वर्षअघि भएको हो । जापानबाट पहिलोपटक नेपालको पहिलो गीति सिडी एल्बम (एकता) को बिक्री गरी नेपालको पहिलो ब्याण्डका रूपमा परिचित भएको थियो । महोत्सवमा पिजेपिस जोइन्ट ब्याण्ड (अमेरिका), नमस्ते ब्याण्ड (जापान र नेपाल), रन युनिटी (लाइन स्टार) युके, बमशिव मिनामी जापान, हिता ग्रुप (तिब्बत, एनइओ प्रिज्म), १९७४ एडी, कुटुम्ब ब्याण्ड, सिवाज (कृपा फाउण्डेशन), प्रमोद निरवान्स एण्ड म्युजिक लिङ्कस् हिमालयन एण्ड कल्टिभेसन, श्री–थ्री ब्याण्ड र मिलन एण्ड द आर्टिष्टलगायतको प्रस्तुति महोत्सवमा रहने उहाँले जानकारी दिनुभयो ।

चर्चित गायिका दीप श्रेष्ठ, गङ्गा बर्दान, राजेश पायल राई, याम बराल, उदयमनिला र श्रेया सोताङ, उदेश श्रेष्ठ, चीरासिङ खड्का, प्रश्न पाण्डे, अमृता लिम्बू र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशलगायतको विशेष प्रस्तुति महोत्सवको आकर्षण रहेको बताइन्छ । महोत्सवबाट सङ्कलित रकम पुम्दीकोटमा निर्माणाधीन शिवमूर्तिका लागि सहयोग गर्ने लक्ष्य राखिएको छ ।
समुद्री सतहबाट पाँच हजार ६४३ मिटर उचाइको कालापत्तथरमा ‘वल्र्ड हाइयेष्ट पिक कन्सर्ट’ गरेर ब्याण्डको नाम गिनिजबुक अफ वल्र्ड रेकर्डमा लेखाउन सफल भएको बताइन्छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button