शिक्षा स्वास्थसमाचार

ग्यास्ट्रिक भएको समयमा के खाने ?

Gobal IME Bank

काठमाडौँ । ग्यास्ट्रिक प्राय सबै व्यक्तिहरुमा हुने सामान्य शारीरीक समस्या हो तर ग्यास्ट्रिक भएको बेलामा खानामा हेलचक्राई गर्दा हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । हाम्रो पेटमा भएको खानाको थैलीको लाइनिङमा समस्या आउनुलाई वैज्ञानिक भाषामा ग्यास्ट्रिक भनिन्छ । खानाको थैलीको लाइनिङमा सुजन हुनु, रातो हुनु नै ग्यास्ट्रिक हुनु हो । ग्यास्ट्रिक हुँदा हाम्रो पेट फुल्ने, खाना नपच्ने, पेट पोल्ने र वाकवाकी लाग्ने जस्तो समस्या आउँछ ।

ग्यास्ट्रिक भइरहँदा खाना नखाए पनि पेट टन्न भइराख्ने,डकार बारम्बार आउने र धेरै ग्यास्ट्रिक भयो भने त बान्ता नै हुने गर्छ । ग्यास्ट्रिक बढ्दै गए पछि ढाड, छाती इत्यादिमा पोल्न थाल्छ र घाँटी सम्म अमिलो डकार आउँछ । यदि ग्यास्ट्रिक भईरहेको बेलामा हामीले चिल्लो भएको खाना खायौ भने यसले अझै खराब हुन्छ । ग्यास्ट्रिकको समस्या हुँदा औषधी खाएर त हामी आफ्नो पेट ठीक बनाउँछौ तर खानामा भने परिवर्तन गर्देनौ जसको कारणले गर्दा बारम्बार ग्यास्ट्रिकले हामीलाई सताईरहन्छ ।

हाम्रो खानाको थैलीको लाइनिङमा इन्फ्लेमेसन,सुजन हुनाले ग्यास्ट्रिकको समस्या हुन्छ । पेटमा भएको खानाको थैलीको लाइनिङलाई ग्यास्ट्रिक ग्लुकोजा भनिन्छ। यो लाइनिङमा इन्फ्लेमेसन हुनुलाई ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्रिकले हाम्रो खानाको थैलीको सतहलाई असर गर्छ र ग्यास्ट्रिकको समस्या उत्पन्न गराउँछ । ग्यास्ट्रिक हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरीयाको कारणले गर्दा हुन्छ यो ब्याक्टेरीया करिब ३० प्रतिशत व्यक्तिहरुको पेटमा हुन्छ । यसले खानाको थैलीको लाइनिङलाई सुरक्षा गर्ने प्रोटेक्टिभ म्युकसलाई कमजोर बनाउँछ र खानाको थैलीको लाइनिङमा इन्फ्लेमेसन, सुजन हुन्छ जसको कारणले गर्दा ग्यास्ट्रिक हुन्छ । डाक्टरको भनाई अनुसार ग्यास्ट्रिकको राम्रो सँग उपचार नगर्दा हाम्रो पेटमा अल्सर र क्यान्सर हुने जोखिम बढ्छ र रक्तअल्पता पनि हुन्छ ।

ग्यास्ट्रिकको लक्षण देखा परेपछि हामीले आफ्नो आहारमा ध्यान दियौँ भने बारम्बार ग्यास्ट्रिक हुने समस्या हुँदैन । ग्यास्ट्रिकले सताई रहेको बेलामा अदुवाको सेवन गर्दा पेटलाई राहत मिल्छ । अदुवामा पाचन प्रणालीलाई उपचार गर्ने औषधीय गुण हुन्छ । यसमा प्राकृतिक एन्टि इन्फ्लेमेटरी गुण हुन्छ त्यसैले यो ग्यास्ट्रिकको समस्याको लागि फाइदाजनक हुन्छ । अदुवालाई पिसेर रस निकालेर वा अदुवालाई मसिनो हुने गरी काटेर चियामा मिसाएर उमालेर पिउँदा पेटलाई राहत मिल्छ । अल्केलाइन फुड जस्तै केरा, खरबुजा, काउली, सौंफ र बदाम इत्यादि खाँदा पनि पेटलाई आराम मिल्छ । यी खानेकुराहरुले ग्यास्ट्रिक एसिडलाई बेअसर गर्नको लागि मद्दत मिल्छ । नन – सिट्रस फुड जस्तै नासपाति, स्याउ जस्ता फलफुलहरु खाँदा पनि ग्यास्ट्रिको बेलामा पेटलाई आराम मिल्छ । फाइबर धेरै भएको खानाहरु जस्तै अन्नहरु, जौ, ओटमिल र ब्राउन राइस इत्यादि खाँदा पनि ग्यास्ट्रिकको समस्या कम हुँदै जान्छ । बिटरुट , सखरखण्डा र गाजरहरु खाँदा, हरियो तरकारीहरु जस्तै कुरिलो, ब्रोकाउली र हरियो सिमीहरु खाँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जान्छ । पानी समावेश भएको तरकारीहरु सेलरी, काँक्रो र सलाद, सागहरु खाँदा ग्यास्ट्रिक कम हुँदै जान्छ । दही खाँदा पनि ग्यास्ट्रिकको बेलामा पेटलाई राहत मिल्छ ।

सिट्रस फलफुलहरु जस्तै सुन्तला, कागती र अंगुरहरुमा एसिडिक प्रोप्रटी हुन्छ र यसले ग्यास्ट्रिकको समस्यालाई अझ बिगार्न सक्छ त्यसैले यी फलफुलहरुबाट टाढा बस्ने । चिल्लो र बोसो धेरै भएको खानेकुराहरुबाट ग्यास्ट्रिक भएको बेलामा टाढा नै बस्ने र सके सम्म चिल्लो भएको खानाहरु खाने बानी हटाउँने । फास्ट फुड, फ्राइड फुडहरु जस्तै पिज्जा, ससेज र बर्गरहरु र प्रशोधन गरिएको खानाहरु खाने बानी हटाउदा ग्यास्ट्रिक आफै नै कम हुँदै जान्छ । ग्यास्ट्रिकको लक्षण महसुस हुने बित्तिक्कै आफ्नो आहारमा ध्यान दिँदा र ग्यास्ट्रिकको डाइट मेनटेन गर्दा गम्भीर स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । यसो गर्दा ग्यास्ट्रिकबाट राहत पनि मिल्न जान्छ । औषधी सँगै खानाको डाइटमा पनि ध्यान दिँदा कठिनाईबाट जोगिन सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button