अन्यसमाचार

दरबारमार्गमा नाङ्लो ग्रुपको ‘द चाइनिज रेष्टुरेण्ट’ शुरु

Gobal IME Bank

काठमाडौं । नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रेष्टुरेण्ट शुरु गरेको हो ।

सन् १९७६ मा स्थापना भएको नाङ्लो प्रा.लि. ले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध हुने ५४ सिट क्षमताको रेष्टुरेण्ट आजबाट सञ्चालनमा ल्याएको बताएको छ । आईतवार पत्रकार सम्मेलनमा बोल्दै नाङ्लो प्रा.लि.का अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले सानो क्षमताको रेष्टुरेण्ट भएपनि यसले दिने सेवामा कुनै कम्परमाइज नहुने बताउनु भयो । उहाँले यसअघि पनि नाङ्लो प्रा.लि.ले ५ सय सिट क्षमताको रेष्टुरेण्ट सञ्चालन गरिसकेको भन्दै यो रेष्टुरेण्टमा चाइनिज परिकार र स्वेचन खाना पनि पाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नाङ्लो ग्रुपले पुनः द चाइनिज रेष्टुरेण्ट शुरु गर्दैछौँ । नाङ्लो प्रा.लि. १९७६ मा स्थापना गरेका हौँ । त्यो बेला सानो क्षमताको रेष्टुरेण्ट नै शुरु गरेका थियौँ । हामीले पछिल्ला दिनहरुमा ५ सय सिट क्षमताको रेष्टुरेण्टसम्म सञ्चालन गर्यौ । यो रेष्टुरेण्टमा ५४ सिटको क्षमता छ । दरबारमार्गमा रहेको छ । इण्डो चाइनिज खाना यहाँ धेरै पाइन्छ । इण्डो चाइनिजसँगै स्वेचन खाना पनि हामी यहाँ उपलब्ध गराउनेछौँ ।’

रेष्टुरेण्ट बिहान ११ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने र ग्राहकहरुले अर्डरको लागि बुक गर्नसक्ने जनाएको छ । अध्यक्ष कक्षपतीले धेरैको माग पुरानै स्वादमा परिकारहरु उपलब्ध गराउनुपर्ने आएकाले त्यही अनुसार रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button