मुख्य समाचारसमाचारसूचना प्रविधि

नासाले अन्तरिक्षमा फेला पार्‍यो सम्पूर्ण जीवको आधार मानिने अणु

Nasa Discover!

Gobal IME Bank


अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जेम्स वेब स्पेस टेलिस्कोपले पहिलो पटक अन्तरिक्षमा कार्बन तत्त्व पत्ता लगाएको छ । मिथाइल क्याटायनको रूपमा परिचित यो अणु पृथ्वीभन्दा १३५० प्रकाश वर्ष टाढा ओरियन नेबुलामा फेला परेको हो ।

अन्तरिक्षमा कार्बन कम्पाउन्ड फेला पर्नु वैज्ञानिकका लागि उत्साहजनक र रोमान्चक  विषय हो । कार्बन कम्पाउन्डले पृथ्वीमा पाइने सबै प्राणीका लागि आधारको काम गरेको हुन्छ ।

मिथाइल क्याटायनले अन्य धेरै अणुहरूसँग सजिलै प्रतिक्रिया गर्छ । त्यसैले वैज्ञानिकले यसलाई विशेष महत्त्व दिएका छन् । पृथ्वीमा जीवन कसरी सुरु भयो र विकसित भयो भन्ने कुरा पत्ता लगाउन सकियो भने खोजकर्तालाई ब्रह्माण्डका अन्यत्र स्थानमा जीवन सम्भव छ कि छैन भनेर पत्ता लगाउन मद्दत मिल्छ ।

जेम्स टेलिस्कोपमा भएको संवेदनशील क्षमताले मानव आँखाले देख्न नसकिने इन्फ्रारेड प्रकाशलाई अवलोकन गरेको हुन्छ । यसले पछिल्लो समय अन्तरिक्षमा भएको जैविक रसायनको बारेमा पनि थप खुलासा गरेको छ ।

सोमबार जर्नल नेचरमा उक्त आविष्कारको बारेमा विस्तृत अध्ययनको जानकारी प्रकाशित गरिएको थियो । बाल्टिमोरमा रहेको ‘द स्पेस टलिस्कोप साइन्स इन्स्टिच्युट’ टेलिस्कोपका लागि मिसन सञ्चालन केन्द्र हो । यो सन् २०२१ मा फ्रेन्ड गुयानाबाट प्रक्षेपण गरिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button