एनसेलले ल्यायो चुनाव लक्षित बोनस अफर -GoodNews24
काठमाडौं, वैशाख २७ । एनसेलले स्थानिय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले ल्याएको नयाँ अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।
– एनसेल एपबाट गरिने हरेक रिचार्जमा बोनस डेटा
– आकर्षक कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल नेट भ्वाइस प्याकबाट फाइदा लिन सकिने
यो अफर वैशाख २३ गतेबाट लागू भईसकेको छ । जस अन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।
नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।
डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अल नेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । कर सहित रु १६८ पर्ने यो प्याक *17123# डायल गरि सजिलै लिन सकिन्छ ।
दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ । यसमा ग्राहकले मात्र रु १२९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन् ।
*17123# डायल गरि ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्छन् ।