मुख्य समाचारसमाचार
नेपालले पठायो टर्कीका भूकम्प पीडितलाई राहत सामग्री

काठमाडौं । टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले आज राहत सामग्री पठाएको छ ।
उक्त राहत सामग्री नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि राहत सामग्री पठाउनेबारेमा निर्णय गरेको थियो ।