समाचार

सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल

Nepal India Border!

Gobal IME Bank
सांसद प्रेम सुवालले सीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बजेट कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँले देशको सीमा सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “दिनँहुजसो सीमास्तम्भ उखेलिएको, फालिएको, सारिएको समाचार सुन्छाैँ । यस्तो समाचार गृह मन्त्रालय र सरकारले कहिलेसम्म सुनेर, हेरेर बस्ने  हो ?”
उहाँले नेपालमा भारतीय एकाधिकार पुँजीको ‘माइक्रो म्यानेजमेन्ट’ हस्तक्षेप भइरहेकोतर्फ  गृह मन्त्रालय र राजनीतिक दल सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशभित्र राजनैतिक दलबीचको मतभेद घरेलु मामिला हो, हामी छलफल गर्छौं ।
तर माइक्रो म्यानेजमेन्टलाई हामी किन विरोध गर्दैनाैँ ?”उहाँले अन्तर्राष्ट्रिय कानुन विपरीत सिमानामा बनाइएका सडक बाँध र सीमावर्ती बाँध भत्काउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button