मुख्य समाचारसमाचार

जनप्रिय राजा स्वर्गीय श्री ५ विरेन्द्र विर विक्रम शाहको वंश नाश भएको दिन,दरबार हत्याकाण्डको २२ वर्ष पूरा

Gobal IME Bank

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरी दश जनाको ज्यान लिएको हत्याकाण्डको अझै पनि रहस्यको गर्भमै रहेको छ ।

वि.स. २०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरबार हत्याकाण्ड’ लाई आम नेपालीले अझै भुलेका छैनन् ।

उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डबारे सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालिन सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाइएको थियो । उक्त समितिले युवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि प्रहार गरेको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको थियो ।

अधिकांश नेपालीले यो प्रतिवेदनमाथि शंका गर्दै फेरि निष्पक्ष आयोग बनाएर घटनाबारे छानविन गर्नुपर्ने बताउँदै आएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button