समाचारसूचना प्रविधि

नेपाल टेलिकमले ल्यायो ‘अटम अफर’

Nepal Telecome

Gobal IME Bank

 काठमाडौँ। नेपाल टेलिकमले ‘अटम अफर’ मार्फत आकर्षक प्याकहरू ल्याएको छ ।

असोज २५ गते बहिबार देखि लागू हुने गरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याकहरु आकर्षक बनाइएको जानकारी दिएको छ ।​

यस अफरका प्याकहरू

– अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकेज उपलब्ध हुनेछ । त्यसै गरी सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँ मै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने गरी (अन लिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि प्रयोग गर्न सकिने छ ।

– अल नेट भ्वाइस प्याक अन्तर्गत १८ रुपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध छ ।

– त्यसैगरी अल टाइम डाटा प्याक अन्तर्गत ९५ रुपैयाँमा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २।५ जीबी डाटा उपलब्ध हुनेछ । आकर्षक सुविधा सहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध छ ।

– प्रिपेडमा पनि सजिलो अन लिमिटेड ६३६ प्याकेज स् कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अन लिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ । यस अनुसार ६३६ रुपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अन लिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ ।

– नेपाल टेलिकम एप डाउनलोड गर्दा १ जीबी बोनस डाटा स् कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउँदा १ जीबी डाटा बोनसको रूपमा उपलब्ध हुनेछ । सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले www.ntc.net.np डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसै गरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button