मनोरञ्जनमुख्य समाचारसमाचार

थ्री नेसन्स कपः नेपालले आज लाओससँग खेल्दै, उपाधी टोलीलाई पाँच हजार अमेरिकी डलर

Gobal IME Bank

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत आज नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

आजदेखि सुरु हुने फुटबल प्रतियोगितामा घरेलु टोली नेपाल र लाओसबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंशालामा साँझ ६ बजे सुरु हुनेछ । नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् । चैत ११ गते भुटान र लाओस भिड्ने छन् भने चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button