मनोरञ्जनसमाचार

‘बरिष्ठ बलराम’ मा दयाहाङको एन्ट्री

Dayahang Rai

Gobal IME Bank

काठमाडौं। निर्माता रोहित अधिकारीको मल्टिस्टार फिल्म ‘बरिष्ठ बलराम’ मा दयाहाङ राई जोडिएका छन् । निर्माता रोहित अधिकारीले फिल्मको मुख्य भूमिकाको लागि दयाहाङ भित्रिएको बताए । ‘फिल्मका लागि अर्को एक स्टारसँग कुराकानी भैरहेको छ’ रोहितले भने ।

अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ र यस वर्ष ‘जारी’ को सफलताले दयाहाङलाई अहिले सबैभन्दा व्यस्त अभिनेता भएका छन् । उनी एकपछि अर्को फिल्ममा भित्रि रहेका छन् । हालै फिल्म ‘घर ज्वाई’ र ‘रङ्गेली ग्याङस्टर’ मा पनि उनी भित्रिएका थिए ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको ‘वरिष्ठ बलराम’ मा खगेन्द्र लामिछाने, दिव्या रायमाझी, विजय बराल, बुद्धि तामाङ लगायतको समेत अभिनय रहनेछ । दिव्या रायमाझी अभिनेता दीलिप रायमाझीको छोरी हुन् । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । हाल अमेरिकामा रहेकी दिव्या फिल्मका लागि चाँडै नेपाल आउँदैछिन् । उनले १० लाख लिएर फिल्म गर्न लागेकी हुन् ।

फिल्ममा निर्माताको रुपमा रोहितको अलवा ओम अग्रवाल रहेका छन् भने सह निर्मातामा मनोज ओली र रामु न्यौपाने रहेका छन् । आगामी मंसिर १ गतेबाट छायाङ्कन सुरु गर्ने तयारीमा रहेको फिल्मको सुसन प्रजापतिले छायांकन गर्नेछन् । यस अगाडि दुईवटा फिल्म ‘गाजलु’ र ‘छ माया छपक्कै’ को निर्माण गरिसकेका निर्माता रोहित यसैवर्ष अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘फर्की फर्की’ पनि निर्माणको तयारीमा छन् । आगामी दशैँपछि फिल्मको छायांकन हुने बताइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button