मनोरञ्जनसमाचार

एआईको मद्दतले सुपरहिरो फिल्म निर्माण गर्दै निखिल उप्रेती

Nikhil Upreti

Gobal IME Bank

काठमाडौँ। निखिल उप्रेती एक्सन अभिनेताको रुपमा दर्शकमाझ चर्चित छन् । उनले सात तलाको भवनबाट हामफालेका स्टन्टको चर्चा अहिले पनि हुने गर्छ । उनै निखिललाई लिएर यतिबेला नयाँ खबर छ ।

एक पड्कास्ट अन्तर्वार्तामा निखिलले नेपालीपन बोकेको सुपरहिरो फिल्म निर्माणको तयारीबारे कुरा गरेका छन् । हलिउड स्टुडियो मार्वलले बनाउने सुपरहिरो फिल्मबाट आफू प्रभावित भएको र नेपालमा पनि यस्तै खाले सुपरहिरो फिल्मको परिकल्पना आफूले गरेको उप्रेतीले बताएका छन् ।

उनले भने, ‘म मार्वलबाट प्रभावित भएर फिल्म पनि बनाउँदैछु । बजेट ठूलै अवश्य हुन्छ । तर नेपाली फिल्म भनेर बाहिरको लागि पनि देखाउन सकौं न ।’ यो अनटाइटल फिल्मले नेपालीपन बोक्ने उनको भनाइ छ । नेपालको कथावस्तुलाई विश्वले हेरोस् भन्ने उद्देश्यले फिल्म बनाउन लागिएको उनले बताए ।

‘हाम्रो सुपरहिरो कस्तो होला रु कस्तो इनोसेन्ट होला । स्पाइडरम्यानजस्तो त पक्कै नहोला,’ उनले भने । उक्त अन्तर्वार्तामा निखिलले यो फिल्ममा लगानी गर्न केही व्यक्तिले रुचि देखाएको र आफूले निर्देशन गर्न सक्ने संकेत गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button