काठमाडाैँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ । सो पुलको डिजाइनमै समय बढी लागेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताउनुभयो । पुल निर्माणको अवधि गत पुसमा सकिएको छ । अहिले नियमित रुपमा निर्माण भइरहेकाले केही समयपछि सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेको काम पनि अहिले नियमित रुपमा अघि बढेको छ ।” डिभिजन सडक कार्यालय काठमाडौँले गत चैतमा आठ महिनामा आकाशेपुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युत्को पोललगायतका संरचना हटाउन नसकिएका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो । अहिले ती सबै संरचना हटाइ सकिएकाले नियमित रुपमा काम भइरहेको हो । यस स्थानमा महानगरपालिकाको आकाशेपुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो । सङ्घीय सरकारले निर्माण गरेका सडकमा सकेसम्म आफैँले आकाशेपुल निर्माण गर्ने प्रमुख नेपालीले बताउनुभयो । सडक विभागले काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत कोटेश्वर–कलङ्की सडकखण्डमा पनि छ स्थानमा आकाशेपुल निर्माण गरिरहेको छ । कार्यालयले भने नयाँ बानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । कोटेश्वर चोकमा पनि आकाशेपुल निर्माणको प्रक्रियाअघि बढेपनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले माइतीघर, टेकुलगायतका स्थानमा आकाशेपुल निर्माण गर्ने भनेको छ । माइतीघरमा पुल निर्माणको अवधि गत मङ्सिरमा सकिएपनि सम्पन्न भएको छैन ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”2573″]
[irp posts=”4224″]
[irp posts=”2714″]
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”3875″]
[irp posts=”3930″]
[irp posts=”2617″]
[irp posts=”4080″]
[irp posts=”4103″]