मनोरञ्जन

अन्जु पन्तद्वारा सुकुम्बासी बस्तिका बालबालिकाहरूलाई कपि कलम वितरण

Gobal IME Bank

सुप्रसिद्ध गायिका अन्ज पन्तले आफ्नै नामको संस्था अन्जु पन्त फाउण्डेसन स्थापना गरि जेठ १३ गते काठमाडौंको बागमती किनारमा रहेको सुकुम्बासी बस्तिका २२५ बालबालिकाहरुलाई स्कूल ब्याग तथा कपि कलम वितरण गर्नुभएको छ । जागरण प्रि प्राइमरी स्कूलको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा उपस्थित स्थानीय बालबालिकाहरु गायिका अन्जु पन्तका साथमा म यस्तो गीत गाउछु, मैले तिमीलाई मन पराको अवस्था हो लगायतका गीतमा रमाएका थिए । प्राथमिक स्तरमा अध्ययन गर्ने बालबालिकाहरुलाई लक्षित गरि गरिएको कार्यक्रममा स्थानीय अभिभावकको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

singer Anju Panta foundation

यसरी एक लोकप्रिय गायिकाबाट आफ्ना नानीहरुले सहयोग प्राप्त गर्न सकेकोमा स्थानीय अभिभावकहरुले खुशी भएको कुरा व्यक्त गरेका छन् । गायिका अन्जु पन्तले आफुले बाल्यकाल देखि नै अरुको दुःख देख्न नसक्ने, आवश्यकतामा परेकाहरुको निम्ति आफ्नो गास काटेर पनि दिने गरेकोले अव संस्थागतरुपमा नै समाजसेवामा लाग्नका लागि फाउण्डेसन सुरु गरिएको बताउनु भयो । फाउण्डेसनको उद्देश्य बालबालिका, महिला र मानव बेचविखनको क्षेत्रमा कार्य गर्ने समेत बताउनु भयो । आफ्नो यो अभियानमा कलाकार, पत्रकार, समाजसेवी तथा अन्य शुभचिन्तकहरुले ठूलो साथ दिनु भएकोले फाउण्डेसन सुरु गर्न उत्साह मिलको कुरा पनि गायिका पन्तले बताउनु भयो । संस्था भर्खरै दर्ता भएकोले शुरुमा नै आवश्यकतामा परेका बालबालिकाहरुलाई सहयोग गर्न पाएकोमा आफु अत्यन्तै खुशी भएको कुरा सबैमाझ ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रसिद्ध संगितकार अर्जुन पोखरेल, समाजसेवी थिर के.सी. लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

हाम्राे फेसबुक पेजकाे लागी यहाँ थिच्नुहाेला ।

http://www.facebook.com/GoodNewsOnline7

 

Anju Panta foundation

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button