गुड न्यूज 24मुख्य समाचारसमाचार

राती राम्रो निद्रा लाग्दैन् ? मिठो निद्राको लागि खानुहोस् यी खानेकुराहरु

Gobal IME Bank

एजेन्सी । धेरै मानिसहरुलाई री राम्रो र गहिरो निद्रा लाग्दैन । दिनभरीको कामले गर्दा थकाई लागे तापनि निद्रा राम्रो सँग नलागेको कारण सुत्न पनि धेरै तरिकाहरु अपनाउनु पर्ने हुन्छ । स्वस्थ रहन जसरी स्वस्थ खाना खान जरुरी छ त्यसै गरी गहिरो निद्रा पनि हाम्रो स्वास्थ्यको लागि निकै महत्वपुर्ण हुन्छ । निद्रा पुरा नहुँदा विभिन्न प्रकारको रोगहरु लाग्ने सम्भावना बढ्न सक्छ ।

निद्रा पुरा भए पछि हाम्रो शरीरको अंगहरुले राम्रो सँग काम गर्ने गर्छ । हाम्रो मस्तिष्कले पनि राम्रो सँग कार्य गरिरहेको हुन्छ जसको कारणले गर्दा धेरै प्रकारको रोगहरुको जोखिम कम हुन्छ । निद्रा पुरा नहुँदा मोटोपन, डेमेन्सिया जस्तो रोगहरु लाग्ने समभावना बढ्न सक्छ । डाक्टरहरुहरेक मानिसहरु राति ७ देखि ८ घण्टा सुत्नु पर्ने सल्लाह दिने गर्छन् । यदि तपाईलाई राती निद्रा लाग्दैन वा बिच बिचमा निद्रा खुल्ने समस्या छ भने यी खानेकुराहरु सेवन गर्न सक्नु हुन्छ ।

१. नट्स
नट्सहरु हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । यसमा अति आवश्यक भिटामिन, मिनरल्स पाइन्छ जसले मधुमेह र ह्रिदय सम्बन्धित रोगहरुको जोखिम कम गर्न मद्दत गर्ने गर्छ । नट्समा मेलाटोनिन पाइन्छ यो हार्मोन अध्यारो भए पछि हाम्रो मस्तिष्कमा प्रड्युस हुन्छ । नट्सको सेवन गर्दा निद्राको क्वालिटि बुस्ट हुन्छ ।

२. चामल
चामल विश्वभरी नै प्रयोग गरिन्छ । चामलमा फाइबर, न्युट्रियन्ट र एन्टिअक्सिडेन्ट प्रसस्त मात्रामा पाइन्छ । चामलमा कार्ब्स धेरै मात्रामा पाइन्छ भने यसको जि आई इन्डेक्सको मात्रा पनि हाई हुन्छ । राती सुत्नु भन्दा एक घण्टा अगाडी चामलको सेवन गर्दा राम्रो निद्रा आउँछ ।

३. चेरी
चेरीमा ज्यादा मात्रामा मेलाटोनिन पाइन्छ जसले शरीरको आन्तरीक चक्रलाई नियमित गर्नको लागि मद्दत गर्छ । एक्सपर्टहरुको सल्लाह अनुसार सुत्नु भन्दा अगाडी एक मुठ्ठि सेवन गर्दा निद्रा राम्रो सँग लाग्छ । चेरीको जुस वा फ्रोजन चेरी पनि खान सकिन्छ ।

४. दुध
राती सुत्नु भन्दा अगाडी तातो दुध पिउँदा निद्रा राम्रो सँग लाग्छ । दुधमा ट्रिप्टोफ्यान र सेरोटोनिन पाइन्छ यसले राम्रो सँग निद्रा लाग्न मद्दत गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button