मनोरञ्जनसमाचार

अभिनेता लियोनार्दो डिक्याप्रियो वा किलियन मर्फी को बन्ला ओस्कारमा सर्वश्रेष्ठ ?

Oscars

Gobal IME Bank

काठमाडौं। आगामी मार्च १० मा ओस्कार अवार्ड आयोजना हुँदैछ । र अहिल्यैदेखि सम्भावित विजेताको अनुमान गर्न सुरु भएको छ । यतिबेला सर्वश्रेष्ठ फिल्म र अभिनेतालाई लिएर कडा भिडन्त हुने देखिन्छ ।

प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले अहिल्यैदेखि यी विधालाई लिएर प्रक्षेपण गर्न थालेको छ । जसअनुसार सर्वश्रेष्ठ अभिनेताको विधामा कडा प्रतिस्पर्धा हुन सक्छ । योबारे चर्चा गर्दा हालै सम्पन्न कान्स फिल्म फेस्टिभलमा लियोनार्दो डिक्याप्रियो स्टारर क्राइम थ्रिलर ‘किलर्स अफ द फ्लावर मुन’ प्रिमियर भएको थियो ।
उक्त फिल्म प्रिमियरलगत्तै अभिनेता डिक्याप्रियोले दोस्रोपटक ओस्कार अवार्ड उचाल्न सक्ने चर्चा भई रहेको छ । तर अहिले आएर क्रिस्टोफर नोलन निर्देशित एटोमिक बम थ्रीलर ‘ओपेनहाइमर’ अभिनेता किलियन मर्फीले ओस्कार जित्न सक्ने चर्चा छ । सहअभिनेता र अभिनेत्री विधामा समेत ओपेनहाइमरबाट नै कलाकार मनोनित हुन सक्ने देखिएको छ ।

आजको मितिसम्म अभिनेताको विधामा फिल्म ‘द होल्डओभर्स’बाट पल गियामाट्टी, किलर्स अफ द फ्लावर मुनबाट डिक्याप्रियो, ओपेनहाइमरबाट मर्फी, नेटफ्ल्क्सिको ‘माएस्ट्रो’बाट ब्राड्ली कुपर र नेटफ्लिक्सको ‘रस्टिन’बाट कोलम्यान डोमिंगो मनोनित हुने प्रक्षेपण गरिएको छ ।

प्रक्षेपणको दोस्रो रोजाइमा बब मार्ली वन लभबाट किंग्सले बेन आदिर, फेरारीबाट एडम ड्राइभर, अमेरिकन फिक्सनबाट डेभिड स्ट्रथेरन र डम्ब मनीबाट पल डानो मनोनित हुने सम्भावना रहेको छ ।

सन् २०२३ को ६ महिना बाँकी छ, यस्तोमा अन्य मनोनयनकर्ता पनि थपिन सक्ने छन् । अहिले हलमा चलिरहेको फिल्म ‘बार्बी’बाट रायन गस्लिङको पनि चर्चा भई रहेको छ । हलिउडमा हड्ताल जारी रहँदा भेनिस, टोरन्टो र टेलुराइडजस्ता फेस्टिभलबाट पनि नयाँ मनोनयनकर्ता आउन सक्ने सम्भावना रहेको छ ।

भेनिसमा ब्राड्ली कुपरको फिल्म ‘मायस्ट्रो’ प्रिमियर हुँदैछ । नेटफ्लिक्स फिल्म ‘रस्टिन’ आसन्न टोरन्टो फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर हुँदैछ ।

भेराइटीले यो विधामा अहिलेसम्म १० फिल्मलाई राखेको छ । जसमा किलर्स अफ द फ्लावर मुन, ओपेनहाइमर, माएस्ट्रो, पास्ट लाइभ्स, साल्टबर्न, द होल्डओभर्स, स्पाडरम्यान स् एक्रस द स्पाइडरभर्स, मे डिसेम्बर, द जोन अफ इन्ट्रेस्ट र एयर समावेश गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button