समाचार

मेवा खानुका फाइदाहरु….

Gobal IME Bank

एजेन्सी । मेवा सजिलै बजारमा उपलब्ध हुने फल हो। यो फल औषधिय गुणले भरिपूर्ण हुन्छ। मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण हुन्छ। प्राचिनकाल देखि मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई कम अथवा निको पार्न प्रयोग हुदै आएको छ। मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामक तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए प्रदान गर्छ ।

मेवामा पोटासियम पनि पर्याप्त मात्रामा पाइन्छ। यसमा भोजन पचाउन चाहिने विभिन्न तत्वहरु हुन्छ यसकारण मेवा सेवन गर्दा हाम्रो खाना पच्न मद्दत मिल्छ। काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा मिल्छ। पाकेको मेवा कलेजोको विभिन्न समस्याहरु समाधान गर्नका लागि लाभदायक हुन्छ। झाडापाखाला लागेको बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुदै जान्छ। कब्जियत भएको समयमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ। मेवाको पातलाई आगोमा तताएर दुखेको ठाँउमा राख्दा दुखाई कम हुन्छ।

मेवा रक्तअल्पता अर्थात् शरीरमा रगतको मात्रा कम हुँदा पनि खान सकिन्छ। रक्तअल्पता हुँदा मेवाले औषधिको काम गर्छ। काँचो मेवाको तरकारी र पाकेको मेवा दिनमा २, ३ टुक्रा खाँदा सुत्केरीको दुध बढी उत्पादन हुन्छ जसले गर्दा शिशुलाई प्रशस्त मात्रामा दुध पुग्छ। शरीरमा रगतको मात्रा वृद्धि गर्छ। यसले आँखालाई समेत फाईदा पुर्‍याउँछ र रतन्धोको जोखिमलाई पनि कम गर्छ ।

मेवामा पाईने विशेष तत्वले घाउमा भएका मृत कोषिकाहरूलाई हटाउँछ र घाउलाई निको पार्छ तर घाउ निको हुनका लागि केही दिन भने लाग्छ। घाउलाई पहिले सफा गरेर मृत कोषहरू हटाउनुपर्छ। घाउमा पीप छ भने बिरामीको घाउ पाक्न दिनु हुदैन । कीटाणुरहित सफा पातलो कपडालाई काँचो मेवाबाट निस्कने सेतो दुधजस्तो पदार्थमा भिजाएर घाउमा लगाउनु पर्छ। यो प्रक्रिया घाउ निको नभए सम्म गर्नुपर्छ। घाउ गहिरो छ भने दिनको १, २ चोटी दोहोर्‍याउनुपर्छ।

पाकेको मेवाको पेस्ट बनाएर अनुहारमा फेस प्याकको रुपमा लगाई करिब ३० मिनेट पछि सफा पानीले मुख धुदा अनुहारमा चमक ल्याउछ। मेवा मुटु सम्बन्धी रोग, क्यान्सर, मधुमेहका लागि पनि फाइदाजनक हुन्छ भने मेवाको सेवनले हाम्रो शरीरमा ग्लुगोजको मात्रालाई पनि सन्तुलित गर्न मद्दत मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button