मुख्य समाचारशिक्षा स्वास्थसमाचार

तपाइलाई थाहा छ ? मेवाको बियाँ खानुको पनि छन् फाइदा, हेर्नुहोस् १० फाइदाहरु

Gobal IME Bank

एजेन्सी । गर्मी मौसममा खानका लागि निकै रुचाइने फलफूलमध्ये एक हो मेवा । यो फल खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय मेवा खाँदा त्यसको बियाँ खाने गर्दैनौ तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। मेवाको बिँयाको फाइदाहरुबारे पढ्नुहोस्

१. एन्टिअक्सिडेन्टको स्रोत
मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्टहरु प्रशस्त मात्रामा पाइन्छ। एन्टिअक्सिडेन्टले हामीलाई विभिन्न रोगहरूबाट बचाउँछ।

२. पेट स्वस्थ बनाउँछ
मेवाको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ। तिनीहरूले आन्द्राको चाललाई नियमित गर्दछ र शरीरबाट विषाक्त पदार्थहरू निकाल्नको लागि मद्दत गर्छ। जसको कारण पेट सफा हुन्छ र कब्जियत पनि हुँदैन। यसले हाम्रो पाचन प्रणालीलाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।

३. तौल घटाउन मद्दत गर्दछ
मेवाको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ। तिनीहरूले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्नका लागि मद्दत गर्छ। जसकारण हाम्रो शरीरबाट विषाक्त पदार्थहरू हट्छ र हाम्रो मेटाबोलिज्मलाई नियमित गर्न र मोटोपना रोक्न मद्दत गर्छ।

४. कोलेस्ट्रोलको स्तर घटाउँछ
मेवाको बीउमा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ। यी फ्याटी एसिडहरूले खराब कोलेस्ट्रोललाई घटाएर कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्छ। मेवाको दानामा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ। फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।

५. क्यान्सरको जोखिमबाट बचाउँछ
मेवाको बीउमा पोलिफेनोल हुन्छ यो एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो। यसले हाम्रो शरीरलाई विभिन्न प्रकारका क्यान्सरहरूबाट बचाउँछ। मेवाको बीउमा आइसोथियोसाइनेट पनि हुन्छ, जसले क्यान्सर कोशिकाको निर्माण र विकासलाई रोक्छ।

६. मिर्गौलालाई फाइदा
मेवाको दानाले मिर्गौलालाई क्षति हुनबाट जोगाउँछ। यसको सेवनले मिर्गौलाको कार्यलाई सहज बनाउँछ।

७. मुटुको लागि फाइदाजनक
मेवाको दानाले हाम्रो मुटुको रक्षा गर्छ। दानाहरूले रक्तचाप र कोलेस्ट्रोल स्तर कम गर्न मद्दत गर्छ, जसले हाम्रो हृदयलाई विभिन्न विकारहरूबाट बचाउँछ।

८. छालाको लागि फाइदाजनक
मेवाको बीउमा एन्टी एजिङ गुण हुन्छ। यसको सेवनले हाम्रो छालाको लचिलोपनलाई कायम राख्नका लागि मद्दत मिल्छ । यसको सेवनले चाउरिपनलाई पनि हटाउनका लागि मद्दत मिल्छ ।

९. महिनावारीमा दुखाइ कम गर्छ
मेवामा क्यारोटिन हुन्छ जसले एस्ट्रोजेन हर्मोनको उत्पादनलाई नियन्त्रण गर्न मद्दत गर्छ। मेवाको बीउले महिनावारी गराउन मद्दत गर्छ र यसको फ्रिक्वेन्सी पनि बढाउन सक्छ। यसले केहिहदसम्म महिनावारीको समयमा हुने पिडालाई पनि कम गर्न मदत गर्छ।

१०. फुड पोइजन निको पार्छ
अनुसन्धानको अनुसार मेवाको बीउ खानाले ईकोली, साल्मोनेला, स्टेफिलोकोकस, आदि जस्ता ब्याक्टेरियाहरूलाई मार्न मद्दत मिल्छ यो फुड पोइजन गराउने ब्याक्टेरियाहरू हुन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button