मनोरञ्जनमुख्य समाचारसमाचार

पशुपतिप्रसाद-२ ‘भष्मे डन’ को सुटिङ् सुरु, दर्शकहरुमाझ असोज फुलपातीको दिन ल्याइने

Gobal IME Bank

काठमाडौं । पशुपति प्रसाद-२ ‘भष्मे डन’ निर्माण सुरु भएको छ । निर्देशक दिपेन्द्र के खनालले गत माघ १५ गते पत्रकार सम्मेलनमार्फत ‘पशुपति प्रसाद-२ ‘भष्मे डन’को घोषणा गर्नुभएको थियो ।

आजबाट सुटिङ् सुरु गरिएको चलचित्रलाई आगामी असोजको फुलपातीको दिन प्रदर्शनमा ल्याइने पनि बताईएको छ। निर्माता तथा लेखकमा खगेन्द्र लामिछाने आफै हुनुुहुन्छ ।

चलचित्रमा विपिन कार्की, शौगात मल्ल, स्वस्तिमा खड्का, रबिन्द्र सिंह बानियाँ लगायतका कलाकारहरुको अभिनय रहने छ ।
पशुपतिप्रसाद निर्माण भएको ७ वर्ष पुगेको छ । पशुपतिप्रसादलाई दर्शकश्रोताले निकै नै मन पराएका थिए।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button