मनोरञ्जनमुख्य समाचारसमाचार
अभिनेता पल शाह रिहा, फागुन १५ मा आत्मसमर्पण, फागुन १५ मै रिहा

काठमाडौं । अभिनेता पल शाह रिहा भएका छन् । । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेता शाह आज रिहा भएका हुन् । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो ।
शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा थिए । सबै अभियोगबाट पूर्ण सफाइ पाएको हुनाले आज (सोमबार) अभिनेता शाह रिहा हुन लागेको उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका थिए ।
शाहमाथी २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा एक बालिकाले आफुलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। जाहेरी परेपछि शाहले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्