मुख्य समाचारसमाचार
नेपाल आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?
काठमाडौं । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यससँगै पेट्रोल प्रतिलिटर १७८ र डिजेल १७५ रुपैयाँ पुगेको छ ।
यसअघि माघ १८ गते भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको थियो ।