अन्यसमाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Petrol Price Increased

Gobal IME Bank

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । भारतबाट मूल्यसूची बढाएर आएपछि निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूची बढेर आयपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको जानकारी दिएको छ ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँमा कारोबार भइरहेको छ भने डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुग्ने भएको छ ।

यस्तै निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button