मुख्य समाचारशिक्षा स्वास्थसमाचार

शरीरलाई किन चाहिन्छ पोटासियम ? पोटासियम पाइने खानेकुराहरु

Gobal IME Bank

एजेन्सी । शरीरलाई स्वस्थ राख्नको लागि धेरै प्रकारका पोषक तत्वहरु आवश्यक हुन्छन् ती मध्ये एक हो, पोटासियम, यो एक यस्तो आवश्यक खनिज पदार्थ हो जसको शरीरमा धेरै महत्वपूर्ण भूमिका हुन्छ । मांसपेशी संकुचन नियन्त्रण गर्नुको साथै शरीरमा तरल पदार्थ सन्तुलित गर्न पोटासियमको आवश्यकता पर्छ । विभिन्न सर्वेक्षणहरुमा पनि ९० प्रतिशत मानिसहरु शरीरका लागि दैनिक रुपमा आवश्यक पर्ने पोटाशियम पूर्ति गर्न नसकिरहेको देखाइएको छ। स्वास्थ्य विज्ञहरुका अनुसार अहिले जंक फूडको बढ्दो सेवनलाई यसको कारण मान्छन् । आहारमा पोटेसियमको कमीले हाइपोकैलिमिया जस्तो समस्या देखिन सक्छ जसले स्वास्थ्यमा जटिलताहरु पैदा गर्छ। पोटासियमको अभाव हुँदा देखिने लक्षणहरु,

  • पाचन सम्बन्धि समस्या,
  • कमजोरी र थकावट,
  • मांसपेशीमा ऐठन,
  • मनमा डर महसुस हुने,
  • शरीर झमझम गर्ने र,
  • श्वास सम्बन्धि समस्या।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार स्वस्थ व्यक्तिका लागि दैनिक ४ हजार सात सय मिलीग्राम पोटेसियमको आवश्यकता पर्छ। आहारको माध्यमबाट सबै मानिसले पोटेसियमको पूर्ति गर्नुपर्दछ।

पोटासियमको कमी पूरा गर्नका लागि शखरखन्डा राम्रो स्रोत हो । एक मध्यम आकारको सखरखन्डामा ५ सय ४१ मिलिग्राम पोटासियम हुन्छ। यसको दैनिक सेवनले शरीरलाई चाहिने १२ प्रतिशत पोटासियम हाम्रो शरीरले प्राप्त गर्छ । यसमा फ्याटको मात्रा कम हुन्छ। यो भिटामिन एको उत्कृष्ट स्रोत हो।

पालुङ्गोलाई सबैभन्दा बढी पोषक तत्व हुने तरकारी मानिन्छ। एक कप पालुङ्गो १५६ ग्राममा ५४० मिलीग्राम पोटासियम हुन्छ। जसले दैनिक आवश्यकताको लगभग १२ प्रतिशत पूर्ति हुनसक्छ। यसको सेवनले भिटामिन के, ए र म्याग्नेसियमको जरुरत पनि पुरा हुनसक्छ।

नरिवलको पानीको सेवनले पनि पोटासियमको कमि पुरा हुने गर्छ। यसबाहेक नरिवल म्याग्नेसियम, क्यालशियम, सोडियमको पनि एक राम्रो स्रोत हो । यही कारण नरिवलको पानी पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button