मुख्य समाचारसमाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई मन्त्रालयको भार, १६ मन्त्रालय सम्हाल्दै

Gobal IME Bank
file photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मामा थप आठ मन्त्रालयको कार्यभार आएको छ। नेकपा एमालेका मन्त्रीले राजीनामा दिएसँगै प्रधानमन्त्रीले अब थप आठ मन्त्रालय सम्हाल्नुपर्ने भएको हो ।

एमालेले सोमबार सचिवालय बैठक बस्दै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो जससंगै अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालय एमालेले छोडेको थियो ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोक्नुभएको हो ।

यता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट निस्किसकेको अवस्था छ । लामिछानेले पनि गृहमन्त्रीबाट राजीनामा दिईसक्नुभएको छ र उहाँको पार्टीले पाउँनुभएको अन्य मन्त्रालयहरु पनि उहाँले मन्त्रीहरुलाई फिर्ता बोलाएर छाडिसक्नुभएको छ ।

त्यसैले यतिबेला प्रधानमन्त्री प्रचण्डले नै गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन भने अझै कायमै राखेको छ। प्रधनमन्त्रीले अन्य मन्त्रालयहरुको कार्यभार पनि सम्हाल्दै आउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button