मुख्य समाचारशिक्षा स्वास्थसमाचार

पुरुषमा ड्यूकेन मस्कुलर डिस्ट्रफि रोग लाग्ने जोखम बढी

Gobal IME Bank

एजेन्सी । ड्यूकेन मस्कुलर डिस्ट्रफि रोग यसप्रकारको रोग हो जसको कारणले गर्दा शरीरको मांसपेशीहरु कमजोर हुने गर्छ । यो घातक भए पनि यसको उपचार भने अझै सम्म पत्ता लागेको छैन । मांसपेशहरु कमजोर हुँदै जानु यो रोगको पहिलो लक्षण हो । यो रोगका कारण बिस्तारै मांसपेशीको टिस्युजहरुलाई नोक्सान हुन्छ र शरीरको तल्लो भाग चल्न बन्द हुने जोखिम पनि हुन्छ । डिएमडि आनुवांशिक रोग हो यदि आमाबुवाको शरीरमा पहिले नै यो रोग छ भने बच्चाहरुमा यो रोग वंशाणु रुपमा लाग्ने गर्छ ।

नेपालमा यो रोगबाट कति मानिसहरु पीडित छन् भन्ने रेकर्ड भेटिदैन । नेपालमा यो रोगको पिडितहरुको संख्या २० देखि २५ हजार रहेको अनुमान गरिएको छ । नेपाल सरकारले यो रोगको पिडितहरुको लागि विभिन्न सेवा उपलब्ध गराउनको लागि डिएमडि सम्बन्धित गैर सरकारी संस्थाहरुलाई फन्ड प्रदान गरेको छ ।

यो रोगको लक्षण दुई देखि तिन वर्षको बच्चाहरुमा देखिने गर्छ र यो रोगको शिकार महिला भन्दा बढि पुरुषहरु हुने गरेको पाइएको छ । विषेशज्ञहरुको अनुसार डाइस्ट्रोफिन जिन एक्स क्रोमोसोममा पाइन्छ । पुरुषहरुको शरीरमा एउटा मात्र एक्स क्रोमोसोम हुन्छ भने महिलाहरु सँग दुई वटा क्रोमोसोमहरु हुन्छन् जसको कारण उनीहरुको शरीरमा ज्यादा मात्रामा डाइस्ट्रोफिन पाइन्छ । यसै कारणले गर्दा महिलाहरुमा डिएमडि हुने जोखिम कम हुन्छ ।

हाम्रो शरीरमा डाइस्ट्रोफिन नामक एक किसिमको प्रोटिन हुन्छ जुन हाम्रो शरीरको मांसपेशीको कोशिकाको माथिल्लो तहमा हुन्छ डाइस्ट्रोफि धेरै प्रकारको प्रोटिनहरु मिलेर बनेको हुन्छ र यसले मांसपेशीमा अन्य प्रोटिनलाई पुर्याउन मद्दत गर्छ । यो मुख्य रुपमा हड्डीको मांसपेशी र ह्रिदयको मांसपेशीमा स्थित हुन्छ । यदि कुनै कारण डाइस्ट्रोफिनको निर्माण हाम्रो शरीरमा बन्द भयो भने मांसपेशीको विकास र कार्य प्रभावित हुने गर्छ । यसको कारणले गर्दा मांसपेशीहरु कमजोर हुदै जान्छ ।

मांसपेशी कमजोर हुँदै गए पछि बिरामीको ज्यान नै जाखिममा पर्ने गर्छ कमजोर मांसपेशीको कारण निमोनिया, फोक्सो र मुटु सम्बन्धित रोगको कारणले यो रोगबाट पिडित मानिसहरुको मृत्यु हुने गर्छ । यो रोगको बिरामीहरु नर्मल उमेर सम्म बाँच्न सक्दैनन् । हाम्रो मुटु पनि मांसपेशी भएको कारण मस्कुलर डिस्ट्रोफिले यसलाई पनि असर गर्ने गर्छ भने हाम्रो मस्तिष्क मांसपेशी नभएको कारण यो रोगले हाम्रो मस्तिष्कमा असर गर्दैन ।

ड्यूकेन मस्कुलर डिस्ट्रोफिको लक्षण के-के हुन् ?

प्राय जसो यो रोगको लक्षण ६ वर्ष भन्दा पहिले नै बच्चाहरुमा देखिने गर्छ तर बच्चाको जन्म भएको केहि बर्षमा यसको पहिचान हुन सक्दैन । यसको लक्षणहरु

  • थकान महसुस हुने,
  • बच्चाहरुलाई नयाँ कुराहरु सिक्नमा कठिनाई हुने,
  • बच्चाहरुमा बौद्विक असक्षमता हुने,
  • मांसपेशी कमजोर हुने विशेष गरि खुट्टा, बाहु र गर्दनमा
  • बच्चाहरुमा दोडिन वा कुनै पनि किसिमको शारीरीक गतिविधि गर्नमा समस्या आउने
  • बारम्बार लड्ने
  • ह्रदयको मांसपेशी कमजोर भएको कारण सास फेर्नमा समस्या हुने,
  • खुट्टा सुन्निने,
  • ह्रदय सम्बन्धि रोगहरु लाग्ने इत्यादि ।

यो रोगबाट पिडित बच्चाहरु लगभग १२ वर्षको उमेर सम्ममा चल्न असक्षम हुन्छन् भने २० वर्षको उमेर देखि उनीहरुमा ह्रदय सम्बन्धि रोगहरु देखा पर्न थाल्छ । यो रोगको उपचार हाल सम्म पत्ता लागेको छैन । यसको उपचारको पत्ता लाग्यो भने यो रोगको बिरामी संख्या कम हुन सक्छ । यस्तो कुनै पनि लक्षण देखिएमा यस सम्बन्धि उपलब्ध उपचारको प्रक्रिया अपनाउन सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button