गुड न्यूज 24प्रेम, विवाह, याैनशिक्षा स्वास्थसमाचार

गर्भाधारणको लागि अपनाउनुपर्ने तरिकाहरु – Good News 24

Gobal IME Bank

चिकित्सकको सल्लाह र मद्दत बिना नै धेरै दम्पतिहरु गर्भधारणको लागि कोसिस गरिरहेका हुन्छन् तर उनीहरुको प्रयास सफल भईरहेको हुदैँन । चिकित्सकको सल्लाह बिना गर्भवती नै नहुने त होइन तर यसको लागि हाम्रो जीवनशैलीमा केहि कुराहरुमा परिवर्तन ल्याउनु पर्दछ । यसको लागि एकदम धेरै मिहेनत गर्नपर्ने भने होइन तर गर्भाधारणको लागि केहि कुरा अपनाउनु गर्नु पर्छ भने केहि कुरा त्याग्नु पनि पर्छ । गर्भाधारणको लागि अपनाउनुपर्ने तरिकाहरु पढ्नुहोस्

१. श्रीमान र श्रीमती बिच राम्रो सल्लाह
सबैभन्दा पहिले त श्रीमान र श्रीमती बिच राम्रो सँग सल्लाह हुनु आवश्यक छ । बच्चा आएपछि दुबै व्यक्तिको जीवनशैलीमा परिवर्तन आउन थाल्छ । त्यसैले त्यसका निम्ती तैयार हुनु आवश्यक हुन्छ । जसमा केही कुरा त्याग्नुपर्छ भने कुनै नयाँ कुराहरु अपनाउनु पर्छ र समयको व्यवस्थापन पनि गर्न थाल्नुपर्छ । बच्चा आफ्नो जिवनमा आएपछि आफ्नो परिवारमा सदस्य बढ्नुको साथै जिम्मेवारी पनि बढ्छ जान्छ । त्यसैले यी कुराहरुलाई ध्यानमा राखेर सल्लाह गर्न एकदम धेरै जरुरी छ । आफु यी सबै परिवर्तन र जिम्मेवारी लिन सक्छौ कि सक्दैनौ । यसको लागि आफु तयार छौ कि छैनौ भन्ने कुरामा ध्यानमा राखेर सल्लाह गर्ने । आफ्नो जीवनको दोश्रो चरण र आउने नयाँ परिवर्तनको लागि दुबै जना उत्साहित हुन जरुरी छ ।

२. गर्भनिरोधक चक्की सेवन गर्न बन्द गर्ने
यदि तपाईले कुनै पनि गर्भनिरोधक चक्कीहरु सेवन गर्ने गरेको भए त्यसलाई रोकिदिनुस । यसले हाम्रो मासिक महिनावारी चक्रलाई एकदम असर गरिरहेको हुन्छ । जब यो चक्की लिन हामीले बन्द गर्छौ हाम्रो नियमित महिनावारी चक्र सन्तुलनमा आउन २ देखि ३ महिना लाग्छ । महिनावारी चक्र नियमित भयो भने ओब्युलेसनको क्यालकुलेसन गर्न सजिलो हुन्छ । त्यसैले यो चक्की लिन बन्द गरिदिनुस । गर्भको अप्येक्षा पनि गर्ने र गर्भनिरोधक चक्की पनि सेवन गर्ने गर्नु हुँदैन ।

३. जीवनशैली र खानपिनमा परिवर्तन गर्ने
आफ्नो जिवनशैली र खानपिनमा परिवर्तन गर्न थाल्ने । सबैभन्दा पहिले प्रिनेटल भिटामिन , मल्टीभिटामिन , फ्रोलिक एसिड इत्यादि चक्कीहरु एकदिन पनि नछुटाइ लिन थाल्ने । यदि इच्छा छ भने चिकित्सकको सल्लाह लिने । यी चक्कीको सेवनले गर्भाधारण गर्न सजिलो हुन्छ ।
धेरै चिल्लो र मसलादार खाना र जंक फुडहरु खान छोडिदिने ताकि हाम्रो शरिरले राम्रो सँग काम गरोस् । तनाव हुने काम दुवैजनाले गर्न छोडिदिने । थकाई लाग्ने किसिमको काम दुबैजनाले गर्न छोडिदिने । दैनिकि जिवनमा गर्ने काम मात्र गर्ने । भारी किसिमको व्यायाम गर्न छोड्ने र हल्का व्यायाम गर्ने । राम्रो पौष्टिक आहार लिने र तरल पदार्थ जस्तै पानी, सुपहरु बढि मात्रामा खाने । यदि तपाईको तौल बढि अथवा धेरै कम छ भने आफ्नो तौललाई सन्तुलित बनाउने तर डाईटिङ गर्ने होइन सन्तुलित आहार खाने र हल्का व्यायाम गर्ने । तनाव रहित वातावरणमा समय बिताउने । आफ्नो नजिकको र मनपर्ने व्यक्तिहरुसँग भेटघाट गर्ने । जति सक्दो तनाव रहित हुन कोसिस गर्ने ।

४.मासिक महिनावारी र ओब्युलेसनको रेकर्ड गर्ने
आफ्नो ओब्युलेसन सुरु हुने दिनको ट्रयाक राख्ने । महिनावारी कहिले र कति दिनको लागि भइरहेको छ, त्यसमा पनि ध्यान दिने, ब्लिडिङ कतिको भइरहेको छ, त्यसमा पनि ध्यान दिने । महिनावारी ट्रयाक गर्ने विभिन्न एपहरु पनि पाइन्छ । बजारमा विभिन्न कम्पनीको ओब्युलेसन किट पाइन्छ, जसले ओब्युलेसन सुरु हुने दिनको क्यालकुलेसन गरिदिन्छ ।
यो किटले टेस्ट गर्दा ओब्युलेसन सुरु भएको जानकारी हामीलाई प्राप्त हुन्छ र यो समयमा कोसिस गर्दा गर्भाधारण गर्न सजिलो हुन्छ ।

५. सकारात्मक रहने
प्राय विवाहित महिलामा घर परिवारबाट पनि गर्भवती हुन दबाब आइरहेको हुन्छ, जसका कारण इच्छा हुँदाहुदै पनि गर्भधारण हुदैँन । विहे भएको २/३ वर्षमा पनि बच्चा भएन भनेर पनि धेरै महिलाहरु चिन्तित र तनाव लिएर बस्ने गर्छन् । तनावको कारणले पनि गर्भाधानमा बाधा उत्पन्न हुन्छ । त्यसैले सधैँ सकारात्मक रहने र उत्प्रेरित भएर बस्ने ।
धेरै उत्साहित पनि नहुने किनभने उत्साहित रहदा अपेक्षा (एक्सपेक्टेसन) पनि धेरै हुन्छ जसको कारण हामीले प्रेग्नेन्सी टेस्ट गर्दा परिणाम नकारात्मक आउदा हामी उदास हुन्छौ र तनाव पनि धेरै लिन थाल्छौ । सबै कुरालाई आराम र आफ्नै लयमा हुन दिने । हामीले सबै कुरा आफुले चाहेको समयमा होस् भन्ने चाहान्छौ र त्यो समयमा आफ्नो काम भएन भो तनाव लिएर बस्छौ । गर्भवती हुन प्रयास गर्दा सुरुवातमा नै विस्तारै सबै कुरा ठिक समयमा हुन्छ भन्ने मानसिकता बनाउनु पर्छ र धैर्यताका साथ रहनु पर्छ ।

६. चिकित्सकसंग सल्लाह लिने
सबै कुरा प्लान गर्नभन्दा अगाडि आफ्नो परिवारमा कसैलाई वंशाणु रोगको केहि समस्या छ कि छैन भनेर एक चोटि पत्ता लगाउने र चिकित्सककोमा चेकअप गर्ने , टेस्टहरु गर्ने र सल्लाह अनुसार गर्भधारणको उपायहरु अपनाउने । अन्य केही समस्या छन भने पनि त्यसका समाधान तिर लाग्ने । अरुको कुरा सुन्ने भन्ने अधिकारिक चिकित्सकको सल्लाह लिने । चिकित्सकको सल्लाहमा समय पुगेको छैन भने धैर्य गर्ने, सन्य समस्याहरु छन भने त्यसको उपचार गर्ने । बिकल्पहरुका लागि सल्लाह गर्ने । डाक्टरले सधैं तपाईंको भलोको लागि नै सल्लाह दिनु हुन्छ । डाक्टरको सल्लाह बेगर केही पनि नगर्ने ।

७. चिकित्सकको बिशेष सल्लाह कुन समयमा लिने ?
जति नै पटक कोसिस गर्दा पनि बच्चा नहुँदा वा गर्भवती नहुँदा दुवै दम्पतिलाई आफुमा बाँझोपन छ कि भन्ने शंका उत्पन्न हुन्छ । जसका कारण दुवैमा तनाव बढ्न थाल्छ र वैवाहिक जीवनमा पनि असर पर्न जान्छ । दम्पतीले के कारणले गर्दा गर्भधारणको प्रक्रियामा अवरोध पैदा भइरहेको छ र के कारणले गर्दा गर्भधारण नभएको भन्ने कुरामा ध्यान दिन जरुरी छ ?
उपयुक्त समयमा उर्वर अवधी (फर्टिलिटि पिरियड) को प्रयोग गरिएको छ कि छैन भन्ने कुरामा दम्पतीले ध्यान दिनु पर्छ । विवाह भएको एक वर्षा भरीमा लागातार उर्वर अवधिको प्रयोग दम्पतीले गर्न जरुरी छ र कुन समयमा उर्वर अवधिको सुरुवात हुन्छ र कति दिन सम्म हुन्छ यसबारे बुझ्न चिकित्सकलाई भेट्ने ।
उमेर बढ्दै गएपछि पनि गर्भधारणमा अवरोध आउँछ । उमेर बढ्दै गएपछि महिलाको ओवा (अण्डा) र पुरुषको शुक्राणुको गुण कम हुँदै जान्छ । ३५ भन्दा बढि उमेर छ भने विवाह भएको ६ महिनासम्म गर्भवति नभए चिकित्सकलाई भेट्ने ।
दम्पती सँगै नै बस्ने गरेको छ वा छैन भन्ने कुरामा पनि भर पर्छ । आजकल प्राय कामको कारणले गर्दा पनि दम्पतीहरु सँगै बस्ने गर्दैनन् । आफ्नो कामको कारण शहर भन्दा बाहिर वा देशबाहिर गइरहेका हुन्छन् जसको कारणले गर्दा उनीहरु सँगै समय बिताउन पाउदैनन् । यस्तो अवस्थामा र समस्याको लागि पनि चिकित्सकको सल्लाह लिन सकिन्छ ।
शारिरिक सम्पर्क सहि तरिकाले नहँदा पनि गर्भधारण हुदैन । दम्पतीले एकअर्का सँग समय त बिताइरहेका हुन्छन् र आनन्द पनि प्राप्त गरिरहेका हुन्छन् तर सम्पर्क सहि तरिकाले भइरहेको हुदैन । पुरुष विज सहि ठाँउमा नपुग्दा गर्भधारण हुदैन । यसबारे सल्लाहको लागि पनि चिकित्सकलाई भेट्न सकिन्छ ।
यदि दम्पतीमा कुनै एकलाई इन्फेक्सन, दिर्घायु रोग वा एलर्जी हुने शारिरिक समस्या छ भने प्रेग्नेन्सी प्लान गर्नु भन्दा अगाडि चिकित्सकको सल्लाह लिने । केही कदमहरु यस्ता हुन्छन जसले तत्काल चिकित्सकको सल्लाह नलिदा पछि दिर्घकालिन असर गर्दछन ।

-Rabina Magrati

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button