मनोरञ्जनसमाचार

प्रकाश सपुत: “हामी बाँचिरहेको समाज आफैंमा ‘कन्फ्युज’ लाग्छ”

Prakash Saput

Gobal IME Bank

काठमाडौँ। गायक प्रकाश सपुतले संगीत सिर्जनामार्फत आफूले समाजको घाउहरु निचोर्ने प्रयास गरेको बताउछन् । हिमालय टिभीबाट प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा अन्तर्वार्ता दिदै उनले आफ्ना कतिपय सिर्जनामा समाजमा यो चाहि नभईदिए हुन्थ्यो भन्ने आग्रह भएको र कुनैमा समाज यस्तो छ भनेर देखाउने प्रयास गर्ने गरेको बताएका छन् ।

प्रकाशले नेपाली समाज आफैमा ‘कन्फ्युज’ छ जस्तो लाग्ने उनको धारणा छ । ‘म त्यो समाजमा जन्मे, जसले मलाई हार्दिकता पनि प्रकट दियो, दुख सुखमा सहयोग पनि गर्‍यो । नुन, तेल, चामल पैँचो पनि दियो । मेरो बाबा विदेश जाँदा ऋण पनि हालिदियो । मर्दापर्दा साथ पनि दियो, हामी एउटै समाजको मान्छे हौँ भनेर ढाडस दिने प्रयास पनि गर्‍यो तर त्यही बीचमा उसले मलाई अपमान पनि गर्‍यो, तिरस्कार पनि गर्‍यो । विभेद पनि गर्‍यो, उसले मलाई तँ हामीसमान होइनस् है भन्ने अनुभूति पनि दिलायो । त्यसकारण हाम्रो समाज नै एक खालको कन्फ्युज जस्तो देखिन्छ ।’ उनले भने ।

गायक सपुतले आफू पनि त्यस्तै अस्पष्टतामा हुर्के बढेको हुँदा आफ्ना गीत र सिर्जनामा पनि त्यस्तै प्रतिविम्बित भएको हुन सक्ने बताए । ‘म पनि त्यही कन्फ्युजनमा हुर्कें, द्वेधखालको मानसिकतामा म हुर्कें । समाजलाई राम्रो मानौँ कि नमानौँ कि भन्ने भइरह्यो । आफ्नो सम्झिऊँ कि नसम्झिऊँ भन्ने मानसिकतामै मेरो बाल्यकाल र युवाकालको सुरुवाती अवस्था बित्यो,’ सपुतले भने, ‘सिर्जनामार्फत अहिलेको परिवेशबाट मान्छेलाई बुझाउने प्रयत्न हो ।’

उनले ‘बोलमाया’ र ‘गलबन्दी’मा समाज सहयोगी छ है भनेर देखाएको र ‘दमाई महाराज’मा त्यही समाजले विभेद पनि गरेको छ भन्ने चित्रण गर्ने प्रयास गरेको बताए । आफ्ना सिर्जनाको उद्देश्य नै आदर्श समाज निर्माणका लागि प्रेरित गर्नु रहेको उनको भनाइ छ ।

प्रकाशले कुनै पनि सिर्जनामाथि बहस र विमर्श हुन आवश्यक भएको बताए । उनले भने ‘लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा समाजका कुरा बोल्न पाउने, आलोचना र समीक्षा गर्ने पाउने, सबैको अस्तित्व स्वीकार्ने, सबैको विचार स्वीकार्ने होला नि ?’ । प्रकाशले आफ्नो हरेक सिर्जनालाई विम्बात्मक ढंगले बुझिदिन आग्रह गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button