गुड न्यूज 24शिक्षा स्वास्थसमाचार

फर्सीको बिजको १० फाइदाहरु पढ्नुहोस्

Gobal IME Bank

काठमाडौं । फर्सी सजिलै पाइने र प्रायः सबैलाई मनपर्ने तरकारी हो । फर्सी मात्र नभई फर्सीको बिज पनि हामीले घरमा सुकाएर खाने चलन छ । फर्सीमा अरु तरकारीमा जस्तै धेरै थरी भिटामिन हुन्छ, त्यसैगरी फर्सीको बिजमा पनि धेरै भिटामिन पाइन्छ जुन हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ । आजकल फर्सीको बिज बजारमा पनि सजिलै पाइन्छ । फर्सीको बिज दैनिक रुपमा खाँदा हाम्रो लागि धेरै फाइदाजनक हुन्छ । फर्सीको बिज खाँदा हुने दश स्वास्थ्य लाभ पढ्नुहोस्

१) मुटुको स्वास्थ्यको लागि फाइदाजनक
फर्सीको बिज धेरै म्याग्नेजियम पाइने स्रोत हो । म्याग्नेजियम एक किसिमको इलेक्ट्रोलाइट मिनरल्ज हो जसले इलेक्ट्रिक इम्पल्सलाई नियन्त्रणमा राखेर मुटुको धड्कनलाई नियमित रिदममा धड्किनको लागि मद्दत गर्छ । म्याग्नेजिमको कारणले गर्दा मुटुको धमनिहरुमा टाइटनेस र ऐंठन रोक्छ जसको कारण हामीलाई हृदयघात र उच्च रक्तचाप हुने जोखिम हट्छ । फर्सीको बिजमा भिटामिन ई प्रसस्त मात्रामा पाईन्छ जसले मुटु र शरीरमा अक्सिजन प्रवाह गर्नको लागि मद्दत गर्छ र मुटुको मांसपेशीहरुमा क्र्याम्पिङ हुनबाट रोक्छ । मुटुको रोग र उच्च रक्तचाप भएको व्यक्तिले फर्सीको बिज हरेक दिन खाँदा धेरै फाइदाजनक हुन्छ ।

२) प्रोस्टेट ग्रन्थीको
धेरै पुरुषहरुमा प्रोस्टेट ग्रन्थीमा वृदि हुने समस्या आउन थाल्छ । यो समस्या प्राय ५० वर्ष कटेपछि पुरुषहरुमा हर्मोनल असंन्तुलनका कारण हुन्छ । यसको कारण बारम्बार युरिनेसन हुने र पिसाब गर्ने बेला समस्या हुने गर्छ । फर्सीको बिज र बिजको तेलले प्रोस्टेट वृदि भएको छ भने घटाउनको लागि आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्ने चलन छ । फर्सीको बिजमा जिंक पाइन्छ यो टेस  (trace)  मिनरल्ज हो जसले डिहाइड्रोटेसटोरोन ( DHT ) लाई घटाउछ र टेस्टोरोनमा सन्तुलित गर्न मद्दत गर्छ र प्रोस्टेट ग्रन्थिलाई सामान्य आकारमा लेराउछ । फर्सीको बिजमा हुने फाइटोस्टेरोल्सको कारण मांसपेशीहरु आराम मिल्छ र युरिनेसन राम्रोसँग हुन्छ ।

३) प्रजनन क्षमता
यदि दम्पती बिच गर्भधारण गर्ने योजना बनेको छ भने पौष्टिक आहार खानु पर्छ फर्सीको बिज पनि गर्भधारण गर्ने समयमा खाँदा धेरै फाइदाजनक हुन्छ । महिला र पुरुष दुबैले फर्सीको बिज दैनिक रुपमा खाँदा फर्सीको बिजमा हुने जिंकले पुरुषको शुक्राणुको क्वालिटि राम्रो बनाउछ र महिलामा भ्रुण भएको उर्वरित अण्डकोषलाई विभाजित गर्ने भुमिका निभाउछ । फर्सीको बिज खाँदा बच्चामा गर्भवति अवस्थामा हुने जन्म दोष हुने सम्भावना पनि हटाउछ ।

४) निद्रामा सुधार
फर्सीको बिज खाँदा बिजमा हुने म्याग्नेजियमको कारण निद्रामा सुधार आउछ र अनिद्राको समस्यालाई प्राकृतिक रुपमा समाधान गर्छ । फर्सीको बिजमा पाइने म्याग्नेजियमलाई काल्मिङ मिनरल्जको रुपमा मानिन्छ किनभने यसले हाम्रो स्नायु प्रणलिलाई र शरीरको मांसपेशीहरुलाई आराम दिन मद्दत गर्छ । फर्सीको बिजमा भएको म्याग्नेजियमले हाम्रो मष्तिस्कमा मेलाटोनिन हर्मनको उत्पादन गर्छ यो हर्मनले हाम्रो सुत्ने र उठ्ने चक्रलाई नियमन गर्छ ।

५) तनाब र एन्जाइटि घटाउछ
फर्सीको बिजमा अमिनो एसिड ट्रिप्टोफान पाइन्छ जसले हाम्रो मष्तिस्कमा भएको सेरोटोनिनलाई बुस्ट गर्छ । सेरोटोनिन हाम्रो मस्तिष्कमा हुने न्युरोकेमिकल हो यसले हामीलाई शान्त, केन्द्रित,भावनात्मक रुपमा स्थिर र खुसी रहन मद्दत गर्छ । यदि तनाव, एन्जाइटि, डिप्रेसन र दाँत किट्ने जस्तो समस्या छ भने रातिको खानामा तिन चम्चा फर्सीको बिज दुई हप्ता खाँदा फाइदाजनक हुन्छ ।

६) हड्डीको लागि फाइदाजनक
हाम्रो शरीरको हड्डी जीवित तन्तु हो यसलाई बलियो र स्वस्थ रहनको लागि धेरै मात्रामा म्याग्नेजियम र अरु खनिज पदार्थको आवश्यकता पर्छ । फर्सीको बिजमा उच्च मात्रामा म्यांगनिज, फोस्फोरस र म्याग्नेजियम पाइन्छ यि मिनरल्जले हड्डी र कनेक्टिभ टिस्यु बनाएर हड्डीको घनत्व बढाउछ र बलियो बनाउन मद्दत गर्छ । फर्सीको बिज खाँदा ओस्टियोपेरोसिस हुने जोखिम घटाउछ ।

७) रजोनिवृत्ति/मेनोपज ( Menopause ) सपोर्ट
रजोनिवृत्ति ४५ देखि ५५ बर्षको उमेरमा हुन्छ जसको कारण धेरै हार्मोनल परिवर्तन महिलामा हुन्छ जसको कारण महिलाहरुमा विभिन्न शारीरीक समस्या जस्तै अचानक तावक्रम बढ्ने र पसिना आउने, तनाव हुने, अनिद्रा र ओस्टियोपेरोसिसको सामस्याहरु आउँछन् । फर्सीको बिजमा स्वस्थ फाइटोएस्ट्रोजेन पाइन्छ जसले हराएको हार्मोनहरुलाई प्रतिस्थापन गर्नको लागि मद्दत गर्छ र रजोनिवृतिको समयमा सन्तुलन लेराउछ र बिजमा पाइने भिटामिन भ् को कारण स्तन क्यान्सर हुने जोखिम घट्छ ।

८) कपाल झर्ने समसयाको समाधान
फर्सीको बिज मुख्य रुपमा भिटामिन जिंकमा केन्द्रित हुन्छ । जिंक (Zinc) केराटिन प्रोटिन उत्पादन गर्नको लागि अतिआवश्यक हुन्छ जसले हाम्रो कपाललाई स्वस्थ र बाक्लो बनाउछ र यो हाम्रो शरीरको लागि पनि अति आवश्यक हुन्छ । तनावको कारण हाम्रो शरीरले कोर्टिसोलको ( Cortisol )  उत्पादन धेरै गर्छ र जिंकलाई खालि गर्दै जान्छ त्यसैले हाम्रो कपाल झर्दै जान्छ । फर्सीको बिज र भिटामिन सि उच्च मात्रामा भएको खानामा मिसाएर खादा कपालको समस्या कम हुन्छ ।

९) एन्टि डाइबेटिक
विभिन्न स्टडीहरुबाट पत्ता लागेको छ कि फर्सीको बिजले हाम्रो शरीरमा इन्सुलिनलाई घटाउन मद्दत गर्छ । फर्सीको बिजमा पाइने म्याग्नेजियम, भिटामिन ई, जिंक र फ्याटि एसिडले हाम्रो शरीरको सेललाई धेरै फ्युल र पोषक तत्वहरुलाई ग्रहण गर्नको लागि मद्दत गर्छ । यसको कारणले गर्दा टाइप टु डाइबिटिज र मोटोपन हुने जोखिम घटाउछ ।

१०) उर्जा बढाउछ
धेरै थकित र कमजोर भएको महसुस भइरहेको छ भने हाम्रो शरीरमा एन्टिअक्सिडेन्ट, अमिनो एसिड र अरु पोषक तत्वहरुको कमि भएको छ भन्ने कुरा थाहा पाउनु पर्छ । फर्सीको बिजबाट यि सबै भिटामिनहरु पाइने हुदा यसलाई एनर्जी बुस्टर रुपमा लिन सकिन्छ । हरेक दिन दुइ देखि तिन चम्चा फर्सीको बिज दुइ हप्ता सम्म खाने र आफ्नो शरीरमा एनर्जी बुस्ट भएको याद गर्ने । हामीले राम्रो निद्रा पाइरहेको, तनाब कम भइरहेको र हाम्रो शरिरको सेलले पौष्टिक तत्व र फ्लुल ग्रहण गरिरहेको कारणले गर्दा हामीलाई शरीरमा उर्जा आएको हुन्छ ।
फर्सीको बिजलाई ब्लेन्ड गरेर स्मुदिमा मिसाएर, बदामहरु सँग मिसाएर, र सलादमा मिक्स गरेर हरेक दिन खान सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button