मुख्य समाचारसमाचार

म थाकेको छैन, हरेक प्रहारलाई सहन सक्ने क्षमता राख्नुपर्छ- रवि लामिछाने

Gobal IME Bank
file photo

काठमाडौं । अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने आफ्नो चलन नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताउनुभएको छ । चितवनमा चुनावी अभियानका क्रममा उनले बोल्दै लामिछानेले चुनावकै मुखमा पारेर यस्ता चिज आउनुको गहिरो अर्थ भएको पनि बताउनुभयो ।

रास्वाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ सार्वजनिक भएपछि लामिछानेले भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउने दाबि पनि गर्नुभयो ।

‘मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ । आज म आफैँ अख्तियारमा निवेदन दिनेछु । मेरै वरपर भएका ती मान्छे को हुन् रु छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ ।’, रविले भने, ‘सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ । म थाकेको छैन । हैरान अवश्य भएको छु । तर, पनि हरेक प्रहारलाई सहन सक्ने क्षमता राख्नुपर्छ ।’

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button