उप-प्रधान तथा गृहमन्त्री हुँदा रवि लामिछानेले के-के गरे ?
काठमाडौं । माघ २२ गते आईतबार सरकारलाई दिएको समर्थन कायम राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । पार्टी सभापति रवि लामिछानेले यसअघि नागरिकता विवाद भएपछि उप-प्रधान तथा गृहमन्त्री पद गुमाउनुभएको थियो ।
सरकारबाट बाहिरिएकै दिन प्रेस मिट गर्दै पार्टी सभापति लामिछानेले आफ्ना विभिन्न कुराहरु राख्नुभएको थियो । आफुले राजनीतिक यात्रा सुरु गर्नुअघि र राजनीतिक क्षेत्रमा प्रवेश गरेपछिको उतारचढावबारे सभापति लामिछानेले सञ्चारकर्मीहरुमाझ लामो व्याख्या गर्नुभएको थियो ।
यद्यपी सरकारमा रहँदै गर्दा वा उप-प्रधान तथा गृहमन्त्री पदमा रहँदै गर्दा भने सभापति लामिछानेले के-के गरे त भन्ने कुराले ठुलो महत्व बोकेको हुन्छ । त्यसो त प्रेस मिटमा लामिछानेले आफुलाई सरकारमा प्रवेश गरेपछिका कठिनाईहरु बारे पनि धेरै कुराहरु सञ्चारकर्मीहरुमाझ खुलाउनुभएको थियो ।
लामिछानेले सरकारमा रहँदै गर्दा भने के-के राम्रा र सकरात्मक कार्यहरु गरे भन्ने कुराहरु उहाँ आफैले बुँदागत रुपमा सञ्चारकर्मीहरुमाझ राख्नुभएको थियो ।
गृहमन्त्री हुँदा रवि लामिछानेले गरेका र पहल चालेका कामहरु…
- आम सर्वसाधारण नागरिकहरुका लागि पनि सिंहदरबार खुल्ला गरिने डकुमेन्ट
- अवैध क्रसरहरु बन्द, मापदण्ड नपुगेकोलाई समयसिमा तोकिएको
- सरकारले आफुलाई दिएको सुरक्षाकर्मीहरु फिर्ता
- नेता भेट्न प्रहरीलाई बन्देज – कुनै पनि प्रहरी पोशाकमै रहेको प्रहरीहरुले नेताहरुलाई भेट्न जाने र चाकडी गर्न धाउँछ भने उनको फुली खोसिने
- पर्फरमेन्सको आधारमा प्रहरीको सरुवा बढुवा हुने
- प्राईभेट काममा सरकारी सुविधाको गाडी नचढी आफ्नै प्राईभेट गाडीको प्रयोग
- सिंहदरबारमा अपाङ्गता भएका मानिसहरुलाई सटल व्यवस्था गर्दै
- नेपाल प्रहरीका जवानहरुलाई १६ वर्षमा ऐच्छिक अवकासको निति निर्माण गर्दै
- स्थानिय प्रशासन ऐनमा काम
- बोर्डर सुरक्षाको लागि विदेशका कयौं ठाउँहरुमा रेस्क्यु हेलिकप्टर र वार रुम बनाउनको लागि सम्झौता पत्र तयार
यी सबै माथी उल्लेखित बुँदागत कार्यहरुबारे रास्वपा सभापति रवि लामिछानेले प्रेस मिटमा बताउनुभएको थियो ।