मुख्य समाचारसफल कथासमाचार

राष्ट्रपति पौडेलको जीवनी: प्रजातान्त्रिक आन्दोलनमा सहभागी, एक वर्षसम्म नजरबन्द

Gobal IME Bank

एजेन्सी । हालै राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेल यस भन्दा अगाडी प्रतिनिधिसभाको सभामुख, उप प्रधानमन्त्री र विभिन्न मन्त्रालयको मन्त्री भई सक्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट स्तानकोत्तर गर्नु भएको पौडेल नेपाली काङ्ग्रेस संसदीय दलको नेता पनि हुनु हुन्छ । उहाँको जन्म वि.सं २००१ असोज २९ गते तनहुँ जिल्लाको व्यास नगरपालिकामा भएको हो ।

उहाँको जन्म ब्राम्हण परिवारमा भएको हो । पौडेलले संस्कृत महाविद्यालयबाट संस्कृत साहित्य पढ्नु भएको थियो । वि.सं २०२७ मा उहाँले नेपाली साहित्य पढ्नु भयो । उहाँले नन्दीरात्रि माध्यमिक विद्यालयबाट एस एल सी उतीर्ण गर्नु भएको हो ।

रामचन्द्र पौडेलले सोह्र वर्षको उमेर देखि राजनीतिक जीवन सुरु गर्नु भएको थियो । वि.सं २०१७ साल पुष १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरि नेपालको तत्कालिन संविधान, सरकार र विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकार भङ्ग गर्नु भयो । कोइरालालाई कैद गरिएको कारण सरकारको विरोध भई रहेको थियो ।

यस विरोधको प्रजातान्त्रिक आन्दोलनमा रामचन्द्र पौडेल पनि सहभागी हुनु भएको थियो । प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरबन्दमा पर्नुभएको थिए। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा नेपाली काँग्रेसको उम्मेदवार रामचन्द्र पौडेल तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २५ हजार ३१८ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको थियो ।

नेपालको राष्ट्रपति निर्वाचनमा उहाँले उम्मेदवारी दिनु भएको थियो र पौडेलले ३३ हजार ७०२ निर्वाचक मण्डल मतले गर्दा राष्ट्रपतिको चुनाव जित्नु भएको छ । राजतन्त्रको अन्त्यपछि उहाँ नेपालको तेस्रो राष्ट्रपति बन्नु भएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button