अन्यसमाचार

रुच चढ्ने बाख्राहरु: किन चढ्छन् त यहाँका बाख्राहरु रुख ?

Gobal IME Bank

एजेन्सी । विश्वमा धेरै अचम्मका कुराहरु हुन्छन् । मानव सोचाइँले पनि नभ्याउने कुराहरु अस्तित्वमा रहेको पाइन्छ । मोरक्कोका बाख्राको कथा पनि केही यस्तै छ । बाख्राको तस्बिरहरु हेर्दा कसैले फोटोसप गरेको झैं देखिन्छ तर यो अस्तित्वमा वास्तवमै रहेको छ । यहाँका बाख्राहरु रुख चढेको पाइन्छ । त्यसको पछाडि एउटा कारण छ ।

उत्तर अफ्रिकाको मोरक्कोमा अधिकांश क्षेत्रहरू सुक्खा र बलौटे छन् । यहाँ आउने पर्यटकहरूले प्रायः यो प्रश्न सोध्छन्, यी बाख्राहरू रुखमा कसरी चढ्छन् ? यस्ता दृश्यहरू मोरक्कोमा सामान्य छन्, जहाँ दर्जनौं बाख्राहरू रूखहरूमा चढेको पाइन्छ । रुखको टुप्पोमा चरा जस्तै बसेको पनि देखिन्छ । ठाडो, भिरालो र पहाड भएको ठाउँमा जाने बाटोमा हिँड्दा–हिँड्दा बाख्राहरू रुख चढ्न सक्ने भएका छन् ।

यहाँ ‘अर्गन’ नामक फलको रुख पाइन्छ, जसमा बाख्राहरू चढ्ने गर्छन् । यी बाख्राहरूले यसको फलको बीउ खान्छन् तर गुदीलाई पचाउन गाह्रो हुने भएकाले फाल्छन् । यसमा लुकेको बीउबाट अर्गन तेल निस्कन्छ । जुन महँगो र उपयोगी छ । जब बाख्राले बीउ खान्छ, नजिकैका गाउँलेहरूले बहुमूल्य बाख्राको दिशा (बड्क्यौला) जम्मा गरेर अर्गन तेल बनाउँछन् ।

यहाँका बासिन्दाले चाहेको भए यो फल सिधै रुखबाट टिपेर आफ्नो काम गर्न सक्थे । तर बाख्रालाई खाना पनि मिल्छ, काम पनि हुन्छ । सायद त्यही भएर गाउँले आफैँ यो फल टिप्दैनन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button