अन्यसमाचार

ढुङ्गे बगैँचा (Rock Garden) मा ३०० भन्दा बढी पर्यटक -GoodNews24

Gobal IME Bank

राेल्पा ।  रोल्पा नगरपालिकाले निर्माण गरेको ढुङ्गे बगैँचा (रक गार्डेन)मा आन्तरिक पर्यटकको चहल पहल बढेसंगै यहाँका होटल व्यवसायीहरुमा समेत व्यस्तता देखिन थालेको छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले रोल्पा नगरपालिका–३ सातदोबाटोमा उक्त बगैँचा निर्माण गरिएको थियो । अहिले छोटो अवधिमा अवलोकन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ ।

भैँसेधारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणपति केसीले शनिबार ३०० भन्दा बढीले अवलोकन गरेको जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र सो नगरपालिकाले संयुक्त रुपमा रु १३ लाख खर्च गरी बगैँचा निर्माण गरेका थिए । चालू आर्थिक वर्षमा बगैँचाको थप काम गर्ने नगर प्रमुख पूर्ण केसीले जानकारी दिनुभयो ।
नगरपालिका–३ का वडाध्यक्ष इन्द्रबहादुर थापाले बगैँचाले नगरको सुन्दरता बढेको जानकारी दिनुभयो । ढुङ्गाबाट निर्मित उक्त बगैँचा हेर्न रोल्पाका विभिन्न स्थानीय तहका अतिरिक्त प्यूठान दाङबाट समेत आउने गरेको छन् । जलजला भ्रमण गर्न आउने पर्यटकले बगैँचा पनि अवलोकन गर्ने गरेका जनाइएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button