मनोरञ्जनसमाचार

काठमाडौँ महानगरपालिकाले गर्यो चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक: स्थानीय न्यायिक निरुपणको कथामा आधारित

Kathmandu Metropolitan Movie

Gobal IME Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय न्यायिक निरुपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरेको छ । विशेष प्रदर्शनसँगै सामाजिक सञ्जाल ९मेट्रो न्युज युट्युब मार्फत चलचित्र सार्वजनिक गरिएको हो । पारिवारिक तथा सामाजिक जीवनसँग सम्बन्धित विवाद र समाधानका प्रयासमा न्यायिक समितिका काम, प्रक्रिया र चरणहरुबारे विषयहरु कथामा समेटिएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गरेको चलचित्रमा आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रमा मह जोडीसँगै बसुन्धरा भुषाल, रवि डंगोल, प्रदिप बास्तोला, नरेन्द्र कंसाकार, आरजु कार्की, शालिनी विष्ट भट्टराई, विगिसा अधिकारी, मञ्जु श्रेष्ठ, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र सार्वजनिक गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले, पद वहालीका समयमा आफूले स्थानीय विवाद निरुपणका लागि मेलमिलाप केन्द्र स्थापना र सञ्चालन गर्ने यसका लागि महिला सञ्जाल गठन गर्ने निर्णय गरेको स्मरण गर्दै त्यो निर्णय कार्यान्वयनमा गएर नतिजा आउन थालेकोमा गर्व महसुस भएको बताइन् । ‘वडा—वडामा गठन र सञ्चालन भएका महिला सञ्जाल, केन्द्र र वडामा निःशुल्क कानुनी सेवा, हाम्रा असल अभ्यास हुन् ।’

उनले भनिन् , ‘यी आन्तरिक प्राप्तिसँगै न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन अर्को अविस्मरणीय उपलब्धी हो । सबै ९काठमाडौँ महानगरपालिकासहित ७५३० स्थानीय तहका न्यायिक समितिले सम्पादन गरेका न्यायिक निरुपण प्रक्रियाका विषयमा साझा बुझाइ विकास गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय सम्मेलनबाट महानगरले अभिभावकीय भूमिका निर्वाह गरेको छ । अहिले विभिन्न पालिकाहरुमा न्यायिक सम्पादनमा समस्या हुँदा महानगरसँग परामर्श हुन थालेको छ । केन्द्रीय राजधानी सहर भएकोले काठमाडौँ महानगरपालिका अभिभावकीय भूमिकामा स्थापित गर्नु गर्वको कुरा हो ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले स्थानीय तहमा न्यायिक समितिबाट समाधान भएका विवादको संख्याले अदालतमा चाप कम भएको बताउए। यसबाट नागरिक, स्थानीय तह र अदालतसम्म प्रभाव रहेको अधिकारीको भनाइ थियो ।

विवाद नहुनु सबैभन्दा राम्रो, जस्तो कि हरिवंश र म । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भने, ‘शान्तिपूर्ण र सदभावयुक्त समाज निर्माण गर्ने सन्देश प्रवाहका लागि महानगरपालिकासँगको सहकार्यमा जोडिन पाएकोले खुशी लागेको छ ।’ यस अवसरमा निर्देशक हरिवंश आचार्यले भने, ‘हामीले अहिलेसम्मकै छोटो अवधिमा राम्रो चलचित्र बनाएका हाँै । कानुनी आचरणलाई व्यवहारिक प्रयोगमा उतार्दाका प्राविधिक पक्षलाई निकै अध्ययन गरेपछि मात्र आकारमा ल्याउन सकिएको हो । यो सामग्री महानगरपालिकाले निर्माण गरे पनि सबै पालिकाका लागि उपयोगी छ ।’

कार्यक्रममा कलाकार, प्राविधिक र न्यायिक सम्मेलन आयोजनाका लागि योगदान गर्ने व्यक्ति तथा संस्थालाई उपप्रमुख डंगोलले कदर पत्र र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सुकुल प्रदान गरेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button