मुख्य समाचारसमाचार
रूपन्देही ३: गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा विजयी
रूपन्देही । रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी हुनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणलाई पछि पार्दै बोहोराले जीत हाँसिल गर्नुभएको हो । पराजय व्यहोरेका छन् ।
खाँणलाई २ हजार ६ सय ४२ मतको अन्तरले बोहोराले पछि पार्नु भएको हो ।
बोहोराले जम्मा ३६ हजार ६ सय ४८ मत प्राप्त गर्नुभएको थियो भने खाँणले ३४ हजार ६ मत प्राप्त गर्नुभएको थियो ।