मुख्य समाचारसमाचार
रुपन्देही ३ : राप्रपाका दिपक बोहोरालाई झिनो मतान्तरको अग्रता
रूपन्देही । रूपन्देही क्षेत्र नं ३ मा राप्रपाका नेता दीपक बोहराले अग्रता कायमै राख्नुभएको छ ।
बोहराले हालसम्म २७ हजार ६ सय ३१ मत प्राप्त गर्नुभएको छ । उता सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले भने २७ हजार १ सय ९८ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच जम्मा ४ सय ३३ को मतान्तर छ।
बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।
मतगणना जारी छ ।