Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्याउनेलाई महानगरले तिरायो ५० हजार रुपैयाँ जरिवाना

फोहोर व्यवस्थापनमा अनधिकृत क्रियाकलापमाथि हाम्रो कडा निगरानी छ- विभागीय प्रमुख श्रेष्ठ

काठमाडौँ । सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर पुर्याउनेलाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्याएको थियो ।

महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको छ । जरिवानाका विषयमा वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ, ‘कानुनले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारवाही गर्छौँ ।’
अहिले काठमाडौँसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ । यहाँ सामान्य फोहोर मात्र लैजान मिल्छ ।

हानीकारक फोहोरलाई उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नु पर्छ । त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button