शिक्षा स्वास्थसमाचार

मुस्कानका फाइदा

benefits of smile

Gobal IME Bank

काठमाडौँ। भनिन्छ एउटा मिठो मुस्कानले तपाईको धेरै कठिनाइहरु हटाउन सक्छ । तपाईको अनुहारको मुस्कान देखेर कतिको दिन समेत राम्रो हुने गर्छ । मुस्कानका केहि फाइदाहरु छन् जसले जीवनलाई स्वस्थ बनाउनका लागि मद्दत गर्छ ।

-तनाव हटाउन
दिनभरको दौडधुप र थकानका कारण हामी तनावपूर्ण हुने निश्चित कुरा हो । तनाव कम गर्ने सबैभन्दा सजिलो उपाय भनेको मुस्कान हो । यसले तनावलाई केही क्षणको लागि मात्र कम गर्दैन मुस्कानले हामीमा उत्साह पनि बढाउँछ।

-रक्तचाप घटाउँछ
उच्च रक्तचापका बिरामीले औषधिसँगै मुस्कुराउने कुरामा ध्यान दिने हो भने चाँडै नै रक्तचाप सामान्य हुन्छ भन्ने कुरा धेरै अनुसन्धानमा प्रमाणित भइसकेको छ । यति मात्र होइन, हरेक मुस्कानमा रक्तचाप निश्चित मात्रामा घट्ने कुरा अनुसन्धानमा पत्ता लागेको छ ।

-प्राकृतिक दर्द निवारक
’एन्डोर्फिन’ ले शरीरको दुखाइ कम गर्छ र यो तत्व हामी मुस्कुराउँदा शरीरबाट निस्कन्छ। यसले प्राकृतिक दुखाइ निवारकको रूपमा काम गर्छ र हामीलाई पिडा महसुस भएको समयमा राम्रो महसुस गराउँछ।

-प्रतिरक्षा प्रणाली
मुस्कानले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई पनि केही हदसम्म असर गर्छ। जब हामी मुस्कुराउछौँ, हाम्रो थकान हट्छ र शरीरलाई चिसो र फ्लू जस्ता संक्रमणहरू विरुद्ध लड्न सजिलो हुन्छ।

-मूड राम्रो हुन्छ
यदि हामी राम्रो मुडमा छौँ भने, जीवनको आधा कठिनाइहरू स्वतः सहज हुने गर्छ । मुस्कानले मनलाई सहज महसुस गर्न मद्दत गर्छ । यदि हाम्रो मुड धेरै खराब छ वा हामी धेरै रिसाईरहेका छौँ भने, त्यस विषयको बारेमा सोच्नुपर्छ । विश्वास गर्नुहोस्, मुस्कुराउदा हाम्रो मस्तिष्कबाट सबै नकारात्मक भावनाहरू हट्छ र मुड स्वतः राम्रो बन्छ।

-सधैं जवान देखिन्छ
यदि सधैं जवान र ताजा देख्नको लागि एन्टी एजिङ प्रोडक्टहरू प्रयोग गरेर थकित हुनुहुन्छ भने, त्यसको लागि तपाईको मुस्कुराएको अनुहार मात्र पर्याप्त छ । मुस्कानले अनुहारको चाउरीपना हटाउँछ र छालाको टाइटनेस कायम राख्छ, जसले गर्दा अनुहारलाई लामो समयसम्म एन्टी एजिङ प्रोडक्टको आवश्यकता पर्दैन।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button