अन्यसमाचार

भरतपुरलाई ध्रूम्रपानरहित शहर बनाइँदै -GoodNews24

Gobal IME Bank

चितवन । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिकस्थलमा सेवनमा प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताउनुभयो ।
अनुगमन टोलीले शैक्षिक सङ्घसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भए-नभएको अनुगमन गरिरहेको छ । ती क्षेत्रका एक सय मिटरको वरपर सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयनमा महानगरका अधिकारी जुटेका हुन् ।
महानगरका उपसचिव प्रद्युन्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिनजसो बजार अनुगमन गरिँदै आएको छ । अनुगमनका क्रममा ३५ मध्ये १३ पसलमा यस्ता सामग्री पाइएको र चुरोट सेवन गर्दै गरेका दुई व्यक्तिलाई समेत कारवाही गरिएकोे उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकालाई आगामी डिसेम्बरमा विशेष समारोहबीच ध्रूमपानरहित शहर औपचारिक घोषणाका लागि तयारी थालिएको हो । महानगरप्रमुख रेनु दाहालका अनुसार धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ । गत महिना इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उहाँले भरतपुरलाई ‘स्मोक फ्री’ सिटी बनाइने प्रतिबद्धता जनाउनुभएको थियो ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ मा सार्वजनिकस्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जनस्थल, होटल, रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारी साधन र प्रतीक्षालयमा धूमपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णतः निषेध गरिएको छ । होटल रेष्टुरेन्टहरुमा तोकिएको स्थानमा मात्र यसको सेवन गर्न पाइनेछ । तोकिएका स्थानमा अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button