मुख्य समाचारसमाचार

‘स्पाशियल प्लानिङ प्लेटफर्म’ को पाँचौं संस्करणको सम्मेलन पहिलो पटक नेपालमा हुँदै

Gobal IME Bank

काठमाडौं । “Spatial Planning Platform” को पाँचौं संस्करणको सम्मेलन काठमाडौंमा हुने भएको छ ।

शहरी विकास मन्त्रालयले आज एक पत्रकार सम्मेलन गर्दै माघ १९ गतेदेखि २० गतेसम्म नेपाल सरकार, शहरी विकास मन्त्रालयले जापान सरकार, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयसंगको सहकार्यमा “एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना” भन्ने नारासहित “Spatial Planning Platform” को पाँचौं संस्करणको सम्मेलन हुन लागेको जानकारी दिएको हो ।

“Spatial Planning Platform” ले युएन ह्याविटपाट एशिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा हरेक वर्ष यस सम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु गर्दै आईरहेको छ ।

दिगो, उत्थानशील र समावेशी समाज तथा शहरवस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यले सन् २०१८ मा जापान सरकार, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयद्वारा “Spatial Planning Platform” को गठन भएको थियो । सन् २०१८ मा गठन भएको यो मन्चमा नेपाल पनि नियमित रूपमा सहभागी हुँदै आएको छ ।

यो मन्चमा हरेक वर्ष दिगो उत्थानशील र समावेशी समाज तथा शहरबस्ती निर्माण सम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु हुँदै आईरहेको छ । काठमाडौँमा आयोजना हुने सम्मेलनको पाँचौ संस्करणमा भुटान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, जापान, मोजाम्बिक, मलेसिया, फिलिपिन्स, श्रीलंका, युगान्डा, र भियतनामका उच्चस्तरीय अधिकारी र विज्ञहरुको सहभागिता रहने बताइएको छ ।

सम्मेलनले दिगो, उत्थानशील र समावेशी समाज हासिल गर्ने लक्ष्य प्राप्तीका लागि आईपर्ने चुनौतीको सामना कसरी गरिरहेछन् भन्नेबारे दिशानिर्देश गर्नेछ । सम्मेलनको औपचारिक उद्घाटनको अघिल्लो दिन अर्थात माघ १८ गते अन्तर्राष्ट्रिय प्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौ उपत्यकाको शहरी विकासमा गरिरहेको कामहरुबारे स्थलगत अवलोकन भ्रमण गर्ने पनि बताइएको छ । होटल हायात प्यालेस, सोल्टीमोड, काठमाडौमा दुई दिनसम्म चल्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button