मुख्य समाचारशिक्षा स्वास्थसमाचार

एसएस फाउण्डेशनद्वारा भक्तपुर र दोलखाका विद्यालयहरुलाई झोला सहयोग

Gobal IME Bank

काठमाडौं । एसएस फाउण्डेशनले ९ वटा विद्यालयहरुलाई झोला सहयोग गरेको छ । आज (आईतवार) प्रजातन्त्र दिवसको अवसर पारेर एसएस फाउण्डेशनले दोलखाका ५ र भक्तपुरका ४ गरी ९ वटा विद्यालयहरुलाई झोला सहयोग गरेको हो ।

फाउण्डेशनले विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि सहज होस् भनेर झोला विद्यालयलाई बुझाएको र विद्यालयले विद्यार्थीहरुलाई सो झोला प्रदान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले बताउनु भयो ।

उहाँले शैलुङ गाउँपालिका ८, दोलखाको श्री चण्डिका आधारभुत विद्यालय सहितका अन्य विद्यालयहरुलाई झोला वितरण गरेको बताउनु भयो । बालबालिकाको पढाइका लागि झोला महत्वपूर्ण कुरा भएको बताउनु भयो । यसअघि पनि फाउण्डेशनले देशका विभिन्न स्थानका विद्यालयमा स्कुले विद्यार्थीहरुलाई झोला वितरण गर्दै आएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button