गुड न्यूज 24सफल कथा

फि तिर्न नसक्दा कलेज छोड्नुपर्यो – एप्पल कम्पनी मालिकको कथा

Gobal IME Bank

‘स्टिभन् पाउल जब्स अर्थात स्टिभ जब्स को जन्म १९५५ फेब्रुअरी २४ मा क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा भएको थियो । स्टिभ जब्स विश्व बिख्यात एप्पल कम्पनीका सहायक संस्थापक तथा अध्यक्ष हुन। जब्स पिक्सार एनिमेसन स्टुडियो का पनि सहायक संस्थापक हुन। स्टिभ जब्सलाई विश्व बिख्यात स्माटफोन आइफोन जन्मदाता पनि मानिन्छ। जब्सले १९७६मा आफ्ना सहपाठी स्टिभ वजनिकसँग मिलेर एप्पल कम्पनिको स्थापना गरेका थिए । १९८५ मा बोर्ड अफ डाइरेक्टरसित शक्ति संधर्षमा पराजय भोगे पछि आफैद्धारा स्थापना गरेको कम्पनीबाट निस्कासित हुनु परेको थियो। त्यस पछि जब्सले नेक्स्टनामको अर्को कम्पनी स्थापना गरेका थिए।

स्टिभको मातापिताको आर्थिक स्थिति निकै कम्जोर थियो त्यसैले उनका मातापिताले उनलाई अरुको हातमा सुम्पिएका थिए ता कि उनको राम्रो संग पढाइ लेखाइ र हेरविचार होस । उनका पिता पल जब्स एक इलेक्ट्रिकल वर्कशप चलाउथे। त्यसैले स्टिभको धेरै समय आफ्नो पितालाई सहयोग गर्न मै बित्दथ्यो , यहि त्यो माहोल थियो जसले स्टिभलाइ चिजहरु जोडेर नयाँ चिज बनाउन सिकायो। विस्तारै विस्तारै इलेक्ट्रोनिक उनको शोख बन्न पुग्यो । प्राथमिक बिद्यालयमा ४ वर्ष पढे पछि उनको पिता अर्को शहर लस अल्टोसमा सर्नु पर्यो । जहाँ उनि होम स्टिड हाइ स्कुलमा पढाइको लागि भर्ना भए । त्यहाँ उनको भेट स्टिभ वजनिकसँग भयो जो पछि एप्पल कम्पनीका साझेदार बने । स्टिभ वजनिक एकदम चलाख थिए अनि उनलाई पनि इलेक्ट्रोनिकसंग निकै प्रेम थियो त्यसैले उनीहरुको दोस्ती छिटै जम्यो ।

बाँकीको पढाइ सक्न उनि एक महँगो कलेज त भर्ना भए तर उनको परिवारको आर्थिक अवस्था कमजोर भएको कारण स्कुलको फि तिर्न नसक्दा उनले बिचमै कलेज छोड्नुपर्यो । त्यसपछि स्टिभले आफ्नो मन पर्ने बिषय क्यालिग्राफी पढ्न थाले । त्यो समयमा स्टिभको साथमा पैसा हुदैनथ्यो यहाँसम्म कि उनि होस्टेलको भाडा समेत तिर्न नसकेर आफ्नो साथीको कोठामा भुइमा सुत्ने गर्थे । हप्तामा एकचोटी आइतबार पेटभरि खाना खानको लागि उनि ७ माइल पैदल हिडेर मन्दिर पुग्दथे । त्यसपछि स्टिभले अट्टारि कम्पनीमा भिडियो गेम बनाउने पहिलो जागीर पाए । त्यहाँ उनले केहि वर्ष काम गरे । केहि पैसा बचाएर उनि आध्यात्मिक इच्छ्या पुरा गर्न आफ्नो साथी डेनियलसंग भारत आए । केहि समय भारतमा बिताएपछि उनि आफ्नो देश फर्किए । आफ्नो देश पुगे पछि उनले फेरी स्टिभ वजनिकसंग भेट गरे । दुवैको इच्छ्या एउटै भएकाले उनीहरुले आफ्नो पिताको ग्यारेजबाट कल्पनालाई वास्तविकतामा बदल्न सफल भए ।

त्यसबेला स्टिभको उमेर मात्र २१ वर्षको थियो । यस कामलाई अघि बढाउनको लागि इन्टेल कम्पनीका रिटायर इन्जिनियर माइक मार्कुलाबाट आर्थिक सहयोग प्राप्त गरे । धेरै लामो समयको मेहेनत पछि उनले पहिलो कम्प्युटर होम्ब्र्यु कम्प्युटर क्लबमा पेश गरे जसलाई सबैले मन पराए । १९८० डिसेम्बर १२ मा पहिलो चोटि कम्पनीको IPO बजारमा ल्याइयो जसबाट एप्पल एक सार्वजनिक कम्पनि बन्यो । यस IPO ले ३०० व्यक्तिलाई रातारात करोडपति बनाइदियो । त्यसपछि जब एप्पल थर्ड र लिसा डेस्कटप बजारमा लन्च भयो मान्छेहरुले यसलाई त्यति मन पराएनन र कम्पनी घाटामा गयो साथै यसको जिम्मेवार स्टिभलाइ ठहराइयो । १७ सेप्टेम्बर १९८५ मा डाइरेक्टरले स्टिभलाइ कम्पनीबाट निकालिदियो ।

आफैले स्थापना गरेको कम्पनीबाट निकालिए पछि स्टिभ निकै दुखि भएका थिए । उनको असफलताले उनलाई सताइरहेको थियो तर उनले हार खाएनन । केहि समय पछि उनले अर्को कम्पनी नेक्स्ट स्थापना गरे यस कम्पनीबाट उनले धेरै पैसा कमाए । १९८६ मा उनले १० मिलियन डलरमा एक ग्राफिक्स कम्पनी खरिद गरे जसको नाम उनले पिक्सर राखे त्यहाँ उनले सफलता हासिल गरे । उता एप्पलको कम्पनी घाटामा चलिरहेको थियो । एप्पलले ४७७ मिल्लियन डलरमा नेक्स्ट कम्पनी खरिद गर्यो र स्टिभ जब्स एप्पलको सी इ ओ बने । त्यसपछि उनले एप्पलको अनौठो प्रोडक्ट आइ पड र आइ ट्युन्स निकाले र अन्तत २००७ मा उनले एप्पलको पहिलो आइ फोन निकाले जसले मोबाइलको बजारमा क्रान्ति ल्यायो जुन आज अरु मोबाइल भन्दा निकै महँगो छ । २०११ अक्टोबर ५ मा क्यान्सर रोगको कारण उनको निधन भयो र उनको मृत्यु भएको दिनलाई स्टिभ जब्स डे को दिन मनाउने घोषणा भयो । थिङ्क डिफीरेन्ट अर्थात फरक सोच यो स्टिभको सफलताको मूल मन्त्र थियो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”2573″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button