शिक्षा स्वास्थसमाचार

आजबाट कक्षा ११ का लागि छात्रवृत्तिमा आवेदन खुल्यो

See Students

Gobal IME Bank

काठमाडौँ । कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुलाएको छ । http://entrance.kathmandu.gov.np/ वेभ ठेगानामा गएर आवेदन भर्न सकिनेछ । आज विहान १० बजेबाट खुला भएको अनलाइन प्रणालीमा साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन भर्न पाइनेछ । आवेदकमध्येबाट छात्रवृत्तिका लागि विद्यार्थी छान्न परीक्षा लिइनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछन् । परीक्षा साउन २० गते विहान ११ बजेदेखि हुनेछ ।

आवेदक विद्यार्थीले सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्दछ । संस्थागत ९निजी० विद्यालयबाट एसईई उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति पाउन शिफारिस गर्नुपर्छ । यी दुवै कागजपत्रका ढाँचा अनलाइनमा अनुसूची १ र २ गरेर राखिएका छन् ।

अनलाइनमा भरेका विवरण आफैँले हेर्न र सच्याउन मिल्ने गरी राखिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button