मनोरञ्जनमुख्य समाचारसमाचार

सुनिल विकको शब्द र संगीत रहेको गीत ‘तिम्रो माया खै’ सार्वजनिक (भिडियोसहित)

Gobal IME Bank

काठमाडौँ । गायक योगेश काजी शाह र गायिका अस्मिता अधिकारीको युगल आवाजमा ‘तिम्रो माया खै’ बोलको गीत सार्वजनिक भएको छ । सुनिल विकको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा सुनिल र मोडल गीता ढुंगाना फिचर्ड छन् ।

लभ रोमान्टिक विद्याको गीतको भिडियोको निर्देशन पनि सुनिल स्वयंमले गरेका हुन् । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् भने विवेक विकले छायाँकन गरेको हो ।

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सुनिल विक सक्रिय छन् । त्यसो त सुनिल विक सर्जक प्रकाश सपुत र गायक देबेन्द्र बब्लुका आफ्नै कान्छा भाई हुन् । सर्जक प्रकाश सपुत र गायक देबेन्द्र बब्लुले नेपाली सांगीतिक क्षेत्रमा निकै ठुलो योगदान पुर्याएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button