मुख्य समाचारशिक्षा स्वास्थसमाचार

सुन्दर दाँत चाहानुहुन्छ भने यी कुराहरु थाहा पाइराख्नुहोस्…

Gobal IME Bank

एजेन्सी । दाँतहरू कडा, खनिज संरचनाहरू हुन् जुन मानवहरू सहित धेरै कशेरुकाहरूको बङ्गारामा पाइन्छ। तिनीहरूले चपाउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन्, जुन खानाको पाचनमा प्रारम्भिक चरण हो।

तिनीहरूको कार्यात्मक महत्त्वभन्दा बाहिर, दाँतहरूले हाम्रो उपस्थिति र आत्म विश्वासमा पनि योगदान गर्दछ, जसले हाम्रो मुस्कान र समग्र अनुहारको सौन्दर्यलाई असर गर्छ। तर हामी देखिरहेका हुन्छौं कि धेरै मानिसहरुमा दाँतको समस्या भइरहेको हुन्छ ।
किन बिग्रन्छन् त दाँतहरु ? हेरौं केही कारणहरु

१. नियमित परीक्षण नगर्नु
नियमित रुपमा दाँतको परीक्षण गर्नु स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुने बेलासम्म नकुरी वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ। यसबाट दाँतमा विभिन्न समस्या र रोग निम्तनु अघि नै रोकथाम गर्न सकिन्छ।

२. समस्या तत्कालै भुल्नु
कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी जोखिम पुर्ण हुन सक्छ । फलोअपका लागि डाक्टरले बोलाएको समयमा डेन्टिस्टकोमा जाने गर्नु पर्छ । त्यसलाई गिजाको शल्यक्रियाजस्तो स्थितिमा घाउ भरिन र पूरै सामान्य हुन समय लाग्छ, त्यसैले नियमित फलोअप गर्नुहोस्।

३. आफैँ डाक्टर बन्नु
बिना डाक्टरको सल्लाह कुनै पनि औषधि सेवन गर्दा समस्या आउन सक्छ। त्यसैले दाँत, मुख या शरीरको अन्य भागमा समस्या महसुस भएको छ भने डाक्टरको परामर्श लिने ।

४. आफूलाई भएका सबै समस्या नभन्नु
दाँतको उपचार गर्नुपूर्व पहिले कस्तो रोगमा कस्तो उपचार गर्नुभएको थियो भनेर सबै विवरण दिनु अति आवश्यक हुन्छ। कुन औषधि कति लामो समयदेखि खाइरहनुभएको छ, कुन औषधिले एलर्जी भएको छ, सबै बताउनु आवश्यक हुन्छ। शरीरका अन्य भागको समस्या बताउँदा दाँतको उपचारमा पनि लाभकारी हुन सक्छ।

५. हतारहतार दाँत मोल्नु
प्रायजसो मानिसहरु दाँतको सफाईमा समय दिन झन्झट मान्छन्। हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ। त्यसैले दाँतलाई स्वस्थ बनाउन अलि समय लगाएर ब्रस गर्नुपर्छ भने दिनमा कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ। नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ। मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ। ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ।

६. एन्टिसेप्टिक माउथवास नगर्नु
ब्रस गर्नुका साथै माउथवास र फ्लासिङ पनि जरुरी हुन्छ। दाँतको बीचमा खाना अड्कन्छ, जसका कारण दाँतको सडन र गिजाको संक्रमण संक्रमण हुने जोखिम ज्यादा मात्रामा हुन्छ। यसैले स्वस्थ गिजा र दाँतका लागि डेन्टल फ्लास या इन्टरडेन्टल ब्रसको प्रयोग दाँतको बीचभाग सफा राख्न गरिन्छ। मुखलाई किटाणुरहित बनाउँन राती सुत्नुअघि एन्टिसेप्टिक माउथवासबाट एकपटक कुल्ला गर्नु लाभदायक हुन्छ।

७. जंकफुड बढी खानु
बजारमा उपलब्ध कयौँ खाद्यपदार्थ दाँतलाई हानी गर्ने खालका हुन्छन्। बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थ पिउनाले दाँतलाई हानी गर्छ। यिनीहरुले दाँतको इनामेललाई नोक्सानी पु¥याउँछन् र दाँतमा झन्झनाहट पैदा हुन्छ। यस्तै, अधिकमात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ। यी खाने कुराहरु कम खानुपर्छ। बालबालिकाले बढी जिद्दी गर्छन् भने सातामा एकपटकमात्र यस्ता पदार्थ खान दिने बानी बसाल्नु पर्छ र खाने बित्तिक्कै ब्रस गराउनु पर्छ ।

८. हरियो सागसब्जी र फल नखानु
हरियो सागपात र फलफूल दुवै दाँतको स्वास्थताका लागि जरुरी र लाभदायक हुन्छ। यी पदार्थबाट शरीरमा भिटामिन पाइन्छ। भिटामिन सि र भिटामिन डी दाँतका लागि फाइदाजनक हुन्छ। भिटामिन सिले गिजा स्वस्थ पार्छ। अनुसन्धान अनुसार जुन व्यक्तिले दैनिक करिब ८ सय मिलिग्राम भिटामिन डी सेवन गर्छ, उसमा गिजामा कम समस्या देखा पर्छ। भिटामिन डी मुख्यत चीज, दूध तथा दहीमा पाइन्छ।

९. सुर्तीजन्य पदार्थ बढी सेवन गर्नु
चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थले गिजामा हानी गर्छ। दाँत पहेलो, कालो भएर बिग्रन्छ। यस्ता पदार्थ समग्र स्वास्थ्यका लागि नै हानिकारक हुन्छन्।

१०. अन्य केही नराम्रा बानी
केही नराम्रा बानीहरु जस्तै, राती सुतेको समयमा दाँत कट्कटाउनु, पेन्सिल या कलम टोक्नु, आइसक्रिम चपाएर खानुजस्ता बानीले दाँतको इनामेल र दाँतमा नराम्रो असर पर्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button