शिक्षा स्वास्थसमाचार

दाँत चम्किलो बनाउने घरेलु उपाय

dental Health

Gobal IME Bank

हाम्रो दाँत स्वस्थ, सफा र चम्किलो बनाउन अति आवश्यक हुन्छ । किनकि, हामी अगाडि बसेर कसैसँग गफ गर्दै छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा तपाईंको दाँत राम्रो देखिएन भने अरूले पनि राम्रो सोच्दैनन् । यसका लागि टुथपेस्टले ब्रस गर्दैमा राम्रो हुने होइन । अन्य केही सामान्य चिजले पनि दाँत राम्रो बनाउन मद्दत मिल्छ ।

कागती–नुन
कागतीमा थोरै नुन मिसाउने र त्यसलाई दाँतमा रगड्ने । केही समय त्यसै छाडिदिने र पानीले धुने । केही हप्तासम्म दिनको दुईपटक यसो गर्ने ।

तुलसीको पात
तुलसीको पातलाई घाममा सुकाउने । जब यो सुक्खा हुन्छ, त्यसलाई पिसेर पाउडर बनाउने । यस पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस गर्ने । अर्को तरिका यसको पत्तालाई सर्स्यूँको तेलमा मिलाएर दाँत सफा गर्ने ।

सुन्तला
सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्‍याउने हो भने दाँतमा भएको फिकापन हट्छ ।

स्ट्रबेरी
स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ । स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने । दैनिक दुईपटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ । अर्को तरिकामा स्ट्रबरीलाई आधा चम्चा बेकिङ सोडामा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने र त्यसलाई पखाल्ने । त्यसपछि टुथपेस्टले सफा गर्ने ।

स्याउ
दैनिक एउटा ताजा स्याउ खानाले दाँतका लागि पनि फाइदाजनक हुन्छ । यसलाई राम्ररी चपाएर खाने । यसमा एसिड र फाइबर हुने कारण यसको सेवन गर्दा दाँतलाई दह्रो बनाउँछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button